☰ open Loading... 17 May 2024|  

६ महिना वित्याे तर कालिकाेटमा पाठ्य पुस्तक पुगेन
  | १७ भाद्र २०७४, शनिबार १६:२८

कालिकोट । शैक्षिकसत्र सुरु भएको ६ महिना बितिसक्दा पनि कालिकोटमा केही बिद्यालमया पाठ्पुस्तक नपुगेको प्रति कालिकोट नागरिक समाजले ध्यानाकर्षण गराएको छ ।

कक्षा एक देखि १० सम्मको निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत सरकारले उपलब्ध गराउने गरेको पाठ्यपुस्तक जिल्लाका अधिकांश बिद्यालयमा विद्यार्थीको हातमा नपुगेको गुनासो आएको भन्दै नागरिक समाजले अनुगमन गरी सम्बन्धित निकायको ध्यान केन्दि्रत गर्ने भएको छ ।

कालिकोटका धेरै जसो विद्यालयमा अझैसम्म पनि पाठ्यपुस्तक नपुगेको प्रति गम्भीर ध्यानकेन्दि्रत भएको भन्दै अनुगमन गरिने सेभद चिर्डेनका प्रतिनिधि एवं नागरिक समाजका अगुवा प्रमोद न्यौपानेले बताए ।

जिल्लाका ५० प्रतिशत बिद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएपनि पाठ्यपुस्तक भने नपुगेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

जिल्लाका धेरै जसो विद्यालयमा पाठ्यपुस्तकको अभाव भएको विद्यार्थीले गुनासो गरेपछि विद्यालयमा पाठ्यपुस्तक नपुगेको खुलासा भएको हो ।

१० कक्षा (एसईई) परीक्षाको तयारीमा रहेका कालिकोटका कतिपय विद्यार्थीको हातमा पाठ्यपुस्तक नभएको गुनासो गरे पछि नागरिक समाजले आफ्नो ध्यान केन्दि्रत भएको बताएको छ ।

काकिलोटका नागरिक समाजका अध्यक्ष दमनराज बंमको अध्यक्षयतामा बसेको बैठकले पाठ्यपुस्तक नपुगेको बिषयमा अनुगमन गर्ने निर्णय गरेको छ ।

जिल्लाको नरहरीनाथ गाउँपालिकामा रहेको जनप्रभात माध्यामिक विद्यालयमा पाठ्यपुस्तक नभएको कक्षा १० मा अध्यनरत भुमिराज बिस्टले बताएका छन । स्राेत : अनलाइन खवर