☰ open Loading... 3 May 2024|  

दैलेख अाइपुगे नयाँ प्रहरी र प्रशासन प्रमुख
  | १७ भाद्र २०७४, शनिबार १८:४९

दैलेख । दैलेखमा जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी र जिल्ला प्रशासन कार्यालका प्रमुख जिल्ला अधिकारी नयाँ सरुवा भएर जिल्लामा काम गर्न थालेका छन् । उनीहरुलाई कर्मचारी मिलन केन्द्र र जिल्ला समन्वय समितिका प्रमुखले स्वागत गरेका हुन् ।

नयाँ आएका डिएसपी सरोज पौडेल र प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपालेलाई जिल्ला संमन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले शान्ति सुरक्षा र अमनचैन प्रभावकारी बनाई राख्न सुझाव दिएका छन् ।

जिल्लामा कार्यभार सम्हालेपछि परिचय र भेटघाटका लागि प्रमुख थापाको कार्यकक्षमा पुग्नुभएका नयाँ प्रजिअ र प्रहरी प्रमुखलाई जिल्लामा राजनीतिक, सामाजिक र नागरिक समाजको सहयोग रहने बताउदै सहरी किशोरहरुमा लागू दुव्र्यसनी र ग्रामीण क्षेत्रमा मदिराले विकृति रोक्न आग्रह समेत गरे ।

प्रमुख जिल्ला अधिकारी न्यौपानले दैलेखको ऐतिहासिक पक्ष, प्राकृतिक सम्पन्दा, हावापानी अत्यन्त सुन्दर रहेको र अघिल्ला प्रमुख जिल्ला अधिकारीहरुबाट जिल्लाको प्रशंसा सुने अनुसार काम गर्न सजिलो हुने आफूले ठानेको आफूले गर्ने काममा कुनै पक्षविपक्ष नभई सवैलाई समान ब्यवहारले गर्ने स्पष्ट न्यौपानेले पारेका थिए ।