☰ open Loading... 24 February 2025|  

क्यान सुर्खेतकाे अध्यक्षमा चन्द
  | १७ भाद्र २०७४, शनिबार १९:१७

सुर्खेत । कम्प्युटर एसोसियसन नेपाल महासंघ (महासंघ क्यान ) सुर्खेतको अध्यक्षमा प्रेम प्रकाश चन्द चयन भएका छन् । शनिवार वीरेन्द्रनगर मा सम्पन्न महासंघको पाँचौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले चन्दको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

पदाधिकारीमा निवर्तमान अध्यक्ष पूर्णदेव अधिकारी, उपाध्यक्षमा दलबहादुर राना, सचिवमा तिलक आचार्य, सह–सचिव निलिमा खत्री र कोषाध्यक्षमा मदनकुमार लामिछाने छन् । यस्तै सदस्यमा प्रवासकुमार शाक्य, भिम खत्री, सुशील श्रेष्ठ, लोकेन्द्र गिरी र जीवन सिजाली छन् ।

उद्घाटन सत्रमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगर सम्भावित प्रदेश नं.६ को राजधानीको रुपमा रहेको नगरपालिका भएकोले प्रविधी भित्राउने कुरा क्यानले विस्तार गरेको आ.ई.टि.मा निर्भर रहने भन्दै भौतिक विकास मात्र प्रविधिको विकासले समाजलाई समृद्ध बनाउनेमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले भौतिक विकास सँगै प्रविधीलाई जोड्न नगर क्षेत्रमा प्रविधिमैत्री नगर बनाउन नगरपालिका क्यानसंग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । हाल क्यान सुर्खेतमा ४३ वटा सम्वन्धित काम गर्ने सदस्य संस्थाहरु छन् ।