☰ open Loading... 19 November 2024|  

जनप्रतिनिधिका छोराछोरीले निजी विद्यालयमा पढ्न नपाउने
  | १८ भाद्र २०७४, आईतवार १०:०३

बाजुरा । सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने भएका छन् ।बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि नगरभित्रका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र नवनिर्वाचित जनप्रतिनिधिका बालकालिकालाई बोर्डिङमा पढाउन नपाउने निर्णय गरिएको नगर उपप्रमुख कविता बुढा (विष्ट)ले जानकारी दिइन् ।

उनले नगरपालिकाभित्रका छोराछोरी र सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले बोर्डिङमा पढाउने गरेको र सर्वसाधारणका छोराछोरी सरकारी विद्यालयमा पढ्ने भएकाले शिक्षामा एकरुपता ल्याउनका लागि बैठकबाट निर्णय गरिएको बुढा (विष्ट)ले बताइन । विभिन्न उपसमितिमार्फत आएका सुझाव र निर्णयलाई कार्यसमितिमा प्रस्तुत गर्दै नगरवासीको हितमा निर्णय गरिएको विष्टको भनाइ रहेको छ ।

नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा दरबन्दी कम भएका तर माध्यमिक विद्यालय सञ्चालन गरिएका विद्यालय समायोजन गरिने भएका छन् । बैठकले कृषि क्षेत्रका एक घर एक करेसाबारीको नीति पारित गरेको नगर प्रमुख पदम बडुवालले बताए । उनले प्रत्येक घरमा खानेपानी, विद्युत्लगायतका योजना पु¥याउने गरी निर्णय पारित भएको जानकारी दिए ।