☰ open Loading... 24 December 2024|  

गर्भमै हुन्छ बालिकाको हत्या
  | १८ भाद्र २०७४, आईतवार १५:१३

सुर्खेत । पछिल्लो समय वीरेन्द्रनगरमा लिङ्गको आधारमा बालिकाको गर्भमै हत्या गर्नेको संख्या विकराल बन्दै गएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । आइतबार वीरेन्द्रनगरमा सविनि नेपालको सहयोग, वीरेन्द्रनगर नगरपालिका र ए–वान मिडिया तथा बालमैत्री स्थानीय शासन नगर समितिको आयोजनामा लिङ्ग पहिचान गरेर गरिने गर्भपतन र वालिका विरुद्ध हुने भेदभाव सवालमा मिडिया संवाद कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।

कार्यक्रममा वडा नम्बर ६ सीविएन का अध्यक्ष माधवप्रसाद भट्टाईले वडा अन्य वडाहरु तुलना वडा नम्बर ६ मा बढी हुने गरेको बताए । वडा नम्बर ६ मा धेरै नीजि मेडिकलहरु संचालनमा छन् । अधिकांस अवैद्यानिक रुपमा गर्भमै लिङ्गको पहिचान गरेर गर्भमा छोरो भए राख्ने र छोरी भए गर्भपतन गराउनेको संख्यामा उल्लेखनिय रहेको भट्टराईले जानकारी दिए ।

स्थानीय सरकारले आगामी दिनमा अवैद्य रुपमा संचालन भएमा मेडिकलहरुको अनुगमन गरी अवैद्य रुपमा संचालन भएका मेडिकलहरुलाई कानूनी डायर ल्याएर कारवाही गर्नुपर्ने सुझाव उनले दिए ।

नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले कानूनलाई आड बनाएर कतिपय व्यक्तिहरुले बालिकाको भुण हत्या गर्ने गरेको बताए । भुण हत्यालाई नगरपालिकाले चेतना मुलक कार्यक्रमको माध्यमबाट नियन्त्रण गर्ने प्रतिवद्धता जनाए । बालिका भुण हत्या कहाँ कसरी, कहिले हुन्छ, जानकारी हुँदैन । भुण हत्यालाई नगरपालिकाले एक्लै नसक्ने भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले समाजले अझैपनि महिलाहरुको समक्षता बुझन नसक्दा बालिकाको गर्भमै हत्या हुने गरेको बताइन् । गर्भमा हुने हत्यालाई रोक्नका लागि अनुगमन र कारवाहीलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनले उल्लेख गरिन् ।