☰ open Loading... 3 May 2024|  

तीन दिन बलात्कार गरेर युवतीकाे हत्या
  | १८ भाद्र २०७४, आईतवार १८:२६

दैलेख । कालिकोटकी एक यूवतीलाई ३ दिन दैलेखको आठविस नगरपालिका खिड्कीज्यूलामा तिन दिन बलात्कार गरेपछि विष खुवाएर हत्या गरिएको छ । एक होटलमा विखुवाएर छटपटि परिरहेको अवस्थामा स्थानीयहरुले उपचारका लागि ल्याउँदै गर्दा ती यूवतीको बाटोमा मृत्यु भएको हो ।

दैलेख प्रहरीका अनुसार स्थानीय होटल कोठामा पुग्दा अर्धनग्न अवस्थामा छटपटिहरेको अवस्थामा भेटिएकी थिईन् । कालीकोटकी अन्दाजी २० वर्षकी (नाम परिवर्तन) रुपाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सरोज पौडेलले बताए ।

उनले घटनाको अनुसन्धान भईरहेके बताए । हत्यामा संलग्न सुर्खेत घर भएका लक्ष्मीप्रसाद आर्चायलाई प्रहरी पक्राउ गरि सदरमुकाममा ल्याएको छ । थप अनुसन्धानका लागि होटल साहुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।