☰ open Loading... 2 May 2024|  

ट्रककाे ठक्करबाट बालिकाकाे मृत्यु
  | २० भाद्र २०७४, मंगलवार १६:२८

दैलेख । दैलेखबाट सुर्खेत तर्फ गईरहेको ना ६ ख १९२५ नम्वरको ट्रकले डुगेश्वर गाउँपालिका – २ को मटेलामा दुई वर्षीया बालिका यमुना अर्याललाई कुल्चिएपछि घटनास्थलमा नै मृत्यु भएको हो ।

मटेलाको विभिन्न स्थानमा ढुंगाको पर्खालहरु वनाएर सडक अवरुद्ध गरेपछि हिजो देखी दैलेखबाट सुर्खेत, नेमपालगंज, काठमाण्डौ जाने सवै गाडिहरु चल्न नसक्दा यात्रुहरु अलपत्र परेका थिए । मंगलवार मात्र बाटो खुलेको थियो । बालिकाको शालिक तथा क्षतिपुर्ती दिने सहमतीपछि शव पोष्टमार्डमका लागि अस्पताल लगिएको थियो ।