☰ open Loading... 19 April 2024|  

सुर्खेतमा ‘कर्णाली दर्पण’ विमाेचन
  | २० भाद्र २०७४, मंगलवार १६:३५

सुर्खेत । प्रदेश स्तरीय कर्णाली दर्पण साप्ताहिक पत्रिकाकाे विमाेचन गरिएाके छ । प्रदेश नम्वर ६ लाई आधार मानेर उक्त पत्रिकाको एक कार्यक्रमका बीच विमोचन गरिएको हाे ।

सुर्खेत र दैलेखबाट एकैसाथ प्रकाशित हुने उक्त पत्रिका प्रदेशका सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासमूलक गतिविधिलाई प्राथमिकता दिइने साप्ताहीकका प्रकाशक शेरबहादुर थापाले बताएका छन् । पत्रिकाको विमोचन गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले प्रदेशको ऐनाको रुपमा स्थापित हुन सुझाव दिइन ।

उनले सञ्चारमाध्यममार्फत यस प्रदेशको आवाज केन्द्रसम्म पु¥याउनमा महत्वपूर्ण भूमिका रहने औल्याइन । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकारिताको मर्मअनुसार अघि बढ्नुपर्ने भन्दै यसलाई निरन्तरता दिनुपर्ने औल्याए ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका आम सञ्चार विभागगका उप प्रध्यापक भानु अधिकारी, नेपाल पत्रकार महासंघका महिला उपाध्यक्ष माया थापा, कोषाध्यक्ष टेकेन्द्र विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।