☰ open Loading... 25 February 2025|  

तरार्इका बाढी पीडितलार्इ हिमालबाट २ लाख सहयाेग
  | २० भाद्र २०७४, मंगलवार १६:४१

सागर परियार,
जुम्ला । यतिबेला तराईबासी बाढी र पहिलोले दिएको दर्दनाक पिडा लाई सहेर छानो मुनिको बास बसिरहेका छन । भने कयौले आफ्ना आफन्त गुमाएका छन । भने सयौ घर परिवार विस्तापित समेत भएका छन । विभिन्न ठाउँबाट आफ्नो सक्दा उद्दार र राहात दिने काम भईरहेको छ । अझै पनि तराई बासीको पिडामा मलम लगाउन विभिन्न क्षेत्रबाट राहात संकलन गरी पठाउने काम जारी छ ।

कर्णालीको पहिलो नगरपालिका चन्दननाथ नगरपालिका जुम्लाले तराईका बाढिपितिका लागि २ लाख ५० हजार २ सय रुपैयाँ राहत पठाएको छ । प्रधानमन्त्री राहात कोष मार्फत एकिकृत प्रणालीबाट पीडित सामक्ष पुग्ने गरी राहत रकम पठाएको चन्दननाथ नगरपालिका जुम्लाका मयेर कान्तिका सेजुवालले जानकारी दिइन

‘एक नेपालीलाई दुख्दा अर्को नेपालीले मलम लगाउनु कर्तव्य हो ।’ मयेर सेजुवालले भनिन्,-‘तराईमा बाढी आए पडाहले छेक्नु पर्छ, पहाडलाई जाडो भए तराईले सेक्नु पर्छ भन्नुको अर्थले यतिखेर तराई बासीको पीडामा मलम लगाउन हामीले राहत रकम पठाएका हाैं ।’

जुम्लाबाट पठाएको राहत रकम एकिकृत प्रणालीबाट प्रधानमन्त्री राहात कोषमा पठाइएकाले पीडितकै हातमा राहत रकम पुग्नेमा आफु विश्वस्त रहेको उनकाे भनाई छ । यस अघि नै जुम्लाबाट विभिन्न विद्यार्थी संगठन, कर्मचारी संगठनहरुले राहत रकम संकलन गरी पठाएका थिए ।