☰ open Loading... 20 March 2025|  

संगठन विस्तारमा जुट्याे अनेरास्ववियु
  | २० भाद्र २०७४, मंगलवार १६:४७

सुर्खेत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुर्खेतले जिल्ला स्थित सम्पुर्ण शैक्षिक संस्थामा १० दिन भित्र संगठन निर्माण गर्ने अभियान संचालन गर्ने भएको छ । मंगलबार अनेरास्ववियु जिल्ला कमिटी सुर्खेतको चौथो बैठकले १० दिनभित्रमा सबै विद्यालयहरुमा संगठन विस्तार गर्ने निणर्य गरेको हो ।

अनेरास्ववियु सुर्खेतका संयोजक धुपेन्द्रबहादुर शाहीको अध्यक्षता बसेको बैठकले आउदै गरेको दशै तिहारलाई लक्षित गर्दै विद्यार्थी सन्देश नामक मुख–पत्र प्रकाशन गर्ने निणर्य समेत गरेको छ ।

बैठकमा चौकुने गाउँपालिकामा खड्क थापा, पञ्चपुरी नगरपालिकामा धर्मराज भट्टराई, बराहताल गाउँपालिकामा लोकबहादुर खत्री, वीरेन्द्रनगर नगरपालिकामा धर्मराज न्यौपाने, चिङ्गाड गाउँपालिकामा, ध्रुव खत्री, भेरीगंगा नगरपालिकामा रमेश शर्मा, गुर्भाकोट नगरपालिकामा, सीता एरी, लेकवेसी नगरपालिकामा र सिम्तागाउँपालिकामा विष्णु महतरालाई इन्चार्ज तोकेर संगठन विस्तारको जिम्मेवारी दिइएको छ ।