☰ open Loading... 18 April 2024|  

‘मानव बेचविखन तथा ओसारपसार राेक्न सवैकाे साथ अावश्यक’
  | २० भाद्र २०७४, मंगलवार १७:०१

दैलेख । मानव बेचविखन तथा ओसारपसार जस्ता कार्यलाई न्युनीकरण गर्न सबैले पहल गर्नुपर्ने दैलेखका सरोकारवालाहरुले बताएका छन । मानव बेचबिखन तथा ओसारपसार जस्ता जघन्य अपराधका घटनाहरुलाई कसैले पनि नलुकाई सम्बन्धीत निकायमा जानकारी गराउन आग्रह समेत गरेका छन् ।

मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको ११ औ राष्ट्रिय दिवसको अवसरमा रेडीयो ध्रुबतारा एफ.एम.मा आयोजित परिसंवाद कार्यक्रममा बोल्दै दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप कुमार ढकालले मानव बेचविखन कानुन बिरुद्धको जघन्य अपराध भएको भन्दै यस्ता घटना भए तत्कालै नजिकैको प्रहरी कार्यालयमा खबर गर्न, उजुरी दिन अथवा मानव बेचबीखनको बिरुद्धमा काम गर्ने आग्रह गरे ।

मानव बेचविखन तथा ओसारपसार दन्डनीय अपराध भएको तथा मानिसलाई जनावर सरी बेचबिखन गर्न नपाईने भन्दै उनले यस्ता खाले घटनाहरु लुकाएर नराख्न अपिल गरे । सम्बन्ध बिच्छेद घटना तथा भड्कीलो जीवनशैली र अर्काको देखासिखी गर्ने जस्ता कार्यहरुले मानब बेचबिखन तथा ओसारपसारका घटनाहरु बढेकाले यस्ता कार्यहरुलाई बन्द गर्नुपर्ने उनकाे भनाइ थियाे ।

सामाजिक सेवा केन्द्र साेसेक दैलेखका कार्यक्रम संयोजक दुर्गा गिरीले हामी कस्तो बन्ने र हाम्रो समाजलाई कस्तो बनाउने भन्ने कुरालाई सबैले आ–आफ्नो स्थानबाट पहल गर्नु आवश्यक रहेको अाैल्याए ।

उनले रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने उपाएमा सबै लाग्नुपर्ने भन्दै आफ्नो घरपरिवार, छर छिमेक तथा बिद्यालयहरु लगायत हरेक क्षेत्रमा मानव बेचबिखन हुन नदिनको सबैले आ–आफ्नो स्तरबाट पहल गर्न आग्रह गरे ।

महिला तथा बालबालीका कार्यालय दैलेखको आयोजना तथा सामाजिक सेवा केन्द्र सोसेक दैलेखको सहजिकरण एवम जिल्ला समन्वय समिती दैलेख लगायत मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी काम गर्ने विभिन्न संघसस्थाहरुको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो ।