☰ open Loading... 2 May 2024|  

वीरेन्द्रनगर कार्यपालिकाबाट नगर कृषि सेवा शुरु
  | २० भाद्र २०७४, मंगलवार १८:३९

सुर्खेत । स्थानीय तहमा बिषयगत कार्यालय संचालन गर्ने संघियताको मर्म बमोजिम वीरेन्द्रनगर नगरपालिकाले नगर कृषिको प्रारम्भ गरेका छ । निर्वाहमुखी अपनाउँदै आएको कृषि पेशालाई व्यवसायिक मुखीमा रुपान्तरण गर्न र कृषकको आयस्तरमा थप बृद्धि गर्न नगरपालिकावाटै कृषि कार्यालयको सेवा सुरु गरिएकाे हाे ।

नगर कृषिको प्रारम्भ गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले कृषकहरुका लागि सकेसम्म धेरै सेवा प्रदान गर्ने लक्ष्य रहेको बताउँदै भावि सन्ततीका लागी कृषि क्षेत्रको संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिए । उनले आगामी दिनमा वडा स्तरमै कृषिका लागी आवश्यक पर्ने बजेट र सामग्रीका बिषयमा आवश्यक योजना बनाएर काम गर्ने पनि बताए ।

यस्तै उप–प्रमुख मोहनमाया ढकालले कृषि क्षेत्रमार्फत महिला र युवालाई स्वरोजगार बनाउँन त्यसतर्फ ध्यान दिने बताइन ।नगरपालिकाका कार्यकारी अधिकृत बिमल आर्चायले आगामी दिनमा माटो र  भूगोल अनुसार कृषि प्रणाली अवलम्बन गरेमा आम्दानी बढाउँन सकिने बताएका थिए ।

वीरेन्द्रनगर १२ का कृषक नमिता ढकालले च्याउँ खेती र मौरीपालन व्यवसायवाट बार्षिक १० देखी १५ लाख रुपैया सम्म आम्दानी गर्न सफल भएको भन्दै बेलाबेलामा देखी रोग नियन्त्रण्का लागी पहल गरीदिन नगरपालिकासंग माग गरेकी थिइन ।

वडा नंम्बर १० का अध्यक्ष रत्नबहादुर बुढाले कृषिका लागी उपयोग हुने भुमिलाई घडेरी बनाउँने परिपाटिको अन्त्य गर्नु पर्ने माग गरेका छन् । कार्यक्रममा ९ जना कृषकहरुलाई कृषि सामाग्री तथा पचाँस प्रतिशत नगरपालिकाको अनुदान र पचाँस प्रतिशत कृषकको लगानीमा बिउँबिजन प्रदान गरिएको छ ।