☰ open Loading... 3 May 2024|  

पाथरखोला स्वास्थ्य चौकीमा औषधी मौज्दात
  | २२ भाद्र २०७४, बिहीबार १६:२४

सागर परियार,
जुम्ला । हिमा गाउँपालिका ६ मा रहेको पाथरखोला स्वास्थ्य चौकीमा झण्डै तीन महिना सम्म पुग्ने औषधी मौज्दात रहेको छ । त्यहाँका नागरिकलाई स्वास्थ्य सेवामा पँहुच पुराउन र सामान्य समस्याबाट कोहि पिडित नहुन भन्ने उद्देश्यका साथ ३ महिना सम्मको औषधी मौज्दात गरिएको हिमा गाउँपालिकाका स्वास्थ्य कार्यक्रम संयोजक क्षेत्र महतले बताए । स्वास्थ्य सेवाको पहँच बाट कोहि टाढा नरहने भन्दै अब पहिलाको जस्तो औषधीको समस्या नहुने उनको भनाई छ ।

?????????????

सिटामोल तथा जिवन जल नपाएको भन्ने स्थानियको गुनासोलाई सम्बोधन गर्न हाल स्टोर रुम औषधीकोले भरिएको छ । भने उपचार र औषधी नपाएका लाई स्वास्थ्य संस्थामा आउन पनि आग्रह गरिएको छ । जीवनजल र सिटामोल पाइन भन्ने स्थानिय गुनासो आगामी नरहने स्वास्थ्य कार्यक्रम संयोजक मतहको दाबी छ ।

अहिले स्वास्थ्य स्वास्थामा ३ महिनाको लागि पुग्ने विभिन्न खालेको समस्याको औषधी मौजदात रहेको ला स्वास्थ्य चौकीका ईन्चाज भुवन कठायतले बताए । केहि हप्ता केहि स्वास्थ्य चौकीमा केहि औषधी अभाव भएपनि हाल त्यो अबस्था छैन । सबै नागरिकलाई ढुक्क भएर उपचारको लागि आउन कठायतको आग्रह छ । सरकाले स्वास्थ्य संस्थाबाट दिने ३५ प्रकारका निशुल्क औषधी सबै पाईने जनाएको छ ।

एक फरक प्रसंगमा भने स्वास्थ्य कार्यक्रम संयोजकले क्षेत्र महतले घरायसी सरसफाईको कमीले ा विरामी हुदा पनि औषधी अभावको कारण देखाउनु अनुचित भएको बताए । हचुवाको भरमा औषधी छैन भन्नु स्थानियको भरम हो । सार्वजनिक सरोकारको विषयमा सबै निकाय उत्तिकै गम्भीर हुन पनि आग्रह गरिएको छ ।

यता स्थानियका ईमिरा शाहिका अनुसार अनुसार एक हप्ता पहिल स्वास्थ्य चौकीमा केहि आबश्यक औषधी नभएको साँचो हो । तर हाल ३ महिना पुग्ने औषधीको मौज्दात गर्नु नागरिकको स्वास्थ्य सेवा प्रति राज्यको उत्तरदायित्व भएको भन्दै प्रसंशा गरे । उनी जस्तै अहिले महावैपाथरखोला गाउँका स्थानिय सबै खाले औषधी पाउदा खुसी छन ।

तर नियमित सेवा तथा उपचारलाई निरन्तरता दिन भने स्वास्थ्य संस्थालाई सुझाब दिएका छन । यता जिल्ला स्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य संस्थामा औषधी नभएको कुरा मिडियासंम्म आउनु भन्दा माग अनुसार औषधी लिन समयमै आउन सुझाब दिएको छ ।