☰ open Loading... 20 April 2024|  

वडा सदस्यले नै बुहारीलार्इ घर निकाला गरे
  | २२ भाद्र २०७४, बिहीबार १९:०४

 

नन्द बहादुर रोकाया
मुगु । छायाँनाथ रारा नगरपालीका वडा नं १२ बालचौर गाउँ की उत्तिकला बिक ६ महिने गर्भ बोकेर न्यायको खोजिमा भौतारिएकी छन । बारम्बार घरेलु हिसांबाट पीडीत उत्तिकला सहेर बस्नुभन्दा न्यायको खोजि गरी उन्मुती पाउँ भन्दै न्यायको खोजिमा बिहिबार महिला तथा बालबालिका कार्यलयमा आईपुगेकी हुन् ।

विवाह भएको एक वर्षदेखि लगातार सासु, ससुरा र श्रीमानबाट पीडा भाेग्नु परेकाे दुखेसाे पाेखिन् । २०७३ साल बैशाखमा कक्षा दशमा पढ्दै गर्दा सोही वडाका १९ वर्षका सुनबहादुर विकले जर्वजस्ती तानेर लगेर विवाह गरेको र विवाह भएको छ महिना पछि देखिनै सासु ससुराले घर निकाला गरेपछि न्याय माग्न अाएकाे उनले बताइन ।

श्रीमानले गाली गलौज गर्दै पिट्ने गरेकाे बताएकी उनले सहदै अाएपनि झन उग्र भएपछि  न्याय खोज्दै ६ महिने गर्भ बोकेर सदरमुकाम आएकाे जानकारी दिइन् ।

गर्भमा रहेको बच्चा आफ्नो छोराको नभई अरुकै भएकाले घर भित्र पस्न समेत नदिएपछि न्याय माग्न अाएकाे उनकाे भनाइ छ । वडा सदस्य समेत रहेका उनका ससुरा र श्रीमानलार्इ आवश्यक कारवाही गर्न प्रहरीलाई पत्र पठाइएकाे महिला तथा बालबालिका कार्यालयका कार्यालय मुगुका प्रमुख हसिना पराजुली सुवेदीको जानकारी दिइन । चालु अार्थिक वर्षकाे दुई महिनामा मात्रै मुगुमा महिला हिंसाका १४ घटना भएकाे कार्यालयले जनाएको छ ।