☰ open Loading... 16 April 2024|  

सम्बन्धनले एमयू जटिल माेडमा, रजिष्ट्रार भन्छन्, “विरोध औचित्यहिन”
  | २४ भाद्र २०७४, शनिबार १७:३३

सुर्खेत । मप विश्वविद्यालयले दिएको सम्वन्धनको विरोध गर्नुको कुनै औचित्य नभएको विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले बताएका छन् । उनले आफूहरुले विश्वविद्यालयको ऐन नियम अनुसार नै काम गरेकोले कसैले थर्काउ“दैमा आफहरु नथर्किने बताएका छन् ।

शनिवार रफत संचार क्लवले आयोजना गरेको मप विश्वविद्यालयको चुनौती र समाधान विषयक कार्यक्रममा बोल्दै रजिष्ट्रार डा. मल्लले सम्वन्धनको विरोध गर्नेहरु नै सम्वन्धन दिने विषयमा हस्ताक्षर गरेकोले अहिले ठूलो स्वरमा कराउनुको कुनै अर्थ नभएको जिकिर गरे । उनले सम्वन्धनको विषयमा आफूहरुले राम्रो काम गरेको दावी गर्दै आग्रह पूर्वाग्रहका कारण विरोध जनाइरहेको उल्लेख गरे ।

सम्वन्धनको विषयमा विरोध गरिरहेका विद्यार्थी संगठनहरु, राजनीतिक दलहरु, नागरिक समाजप्रति कडा टिप्पणी गर्दै रजिष्ट्रार डा. मल्लले विद्यार्थीहरुले आन्दोलन नै नगरेको बताए । उनले विद्यार्थीहरुको संस्था स्ववियुले समर्थन गरिरहेको हु“दा विद्यार्थी संगठनहरुले आन्दोलन नै नगरेको स्पष्ट पारे ।

राजनीतिक दलहरुलाई भने उनले विश्वविद्यालयको कार्यकारी अधिकार नखोस्न चेतावनी दिए । सम्वन्धन दिने काम भइसकेकोले अव सम्वन्धन खारेज हुनै नसक्ने अडान रजिष्ट्रार डा. मल्लले गरेका छन् । मप विश्वविद्यालयका स्ववियु सभापति झक्कबहादुर शाहीले विश्वविद्यालयमा कुनैपनि विद्यार्थी संगठनहरुले आन्दोलन नै नगरेको जिकिर गरे ।

विश्वविद्यालयले ऐन अनुसार नै सम्वन्धन दिएकोले त्यसको विरोधमा कुनैपनि विद्यार्थी संगठनले आन्दोलन नगरेको जनाए ।  सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले विश्वविद्यालयको उचाई बढाउनका लागि सम्वन्धन दिनु कुनै आपत्ति नभएको बताए भने विश्वविद्यालयका व्यवस्थापन संकायका डीन डा. मस्तबहादुर गरन्जाले सम्वन्धनको निर्णय जायज, यसको विरोध नाजायज नभएको टिप्पणी गरे ।

यता विद्यार्थी संगठनहरुले भने सम्वन्धनका कारण विश्वविद्यालय जटिल मोडमा पुगेको बताएका छन् । हतारमा दिएकाे सम्वन्धनले एमयूका पदाधिकारी अहिले छटपाटाएकाे सुर्खेतका राजनीतिक दल र विद्यार्थी संगठनहरूले प्रतिक्रिया दिएका छन् । उनीहरुले सम्वन्धनको निर्णय स्थगित गर्नासाथ समस्याको समाधान निस्कने बताएका छन् ।  नेविसंघका पीताम्बर ढकाल र यामबहादुर हमालले सम्वन्धन दिएपनि पहिला आफू स्रोत सम्पन्न भएपछि मात्रै दिनुपर्नेमा जोड दिए ।