☰ open Loading... 19 April 2024|  

पार्टीकै अन्तरघात पिडादायी
  | २७ भाद्र २०७४, मंगलवार १०:०५

दैलेख । गाँउपालिकामा धेरै महिला उम्मेदवार चुनावी मैदानमा होमिए । कति विजयी भए त कति पराजय भए । चुनावमा पराजय भैसकेपछि उनीहरु के गर्दैछन् ? चुनावपछि उनीहरुको मनोभावना के छ ? यरबारे अर्जेन्ट एक्सन फण्डको सहयोगमा महिला शसक्तीकरण मंञ्चले स्थानीय तहको चुनावमा उम्मेदवारी दिएका महिला उम्मेदवारसंग गरेको अन्र्तक्रियामा उनीहरुले पुरुष नेता तथा पार्टीभित्रको अन्तरघातका कारण आफुहरुले पराजय भोग्नु परेको बताएका हुन् । धेरैजसो महिला उम्मेदवारहरुले पार्टीभित्रैकै अन्तरघाटले चुनाव पराजय हुँदा पिडादायी हुने प्रतिक्रिया दिएका हुन् ।

गुँरास गाँउपालिकाको उपाध्यक्ष तथा वडा अध्यक्ष र सदस्यहरुले आफुहरुले पार्टीबाट टिकट लिनु खुसीको कुरा भएपनि चुनावमा देखीएका समस्याहरुले निकै पिडा हुने बताउँछन् । गुँरास गाँउपालिका – ५ बाट वडा एमालेबाट वडा अध्यक्ष लडेकी यामकुमारी चन्द आफु पार्टीभित्रैबाट भएको अन्तरघातले पराजय हुनुपरेको बताउँछिन् । काँग्रेसले टिकट नदिएपछि उनी एमालेबाट अध्यक्ष लडेकी थिईन् ।

चुनावमा महिला दिदिबहिनीकै सहयोगले जिल्लाकै एक्लो वडा अध्यक्ष चन्द पार्टीभित्रैको गुटवन्दीको शिकार भईन् । अन्तत ः आफु हानुपरेको दुखेसो पोखीन् । त्यस्तै अमृता विसी एमालेबाट महिला सदस्य लडेकी थिईन् । उनी सवै गाँउटोल पुगिन् । सवैले जित्छस् भनेर हौसला पनि दिए तर, चुनावमा सहयोग गरेनन् ।

चुनावको दिन आफ्नै आफन्तले पनि भोट दिएनन् । त्यो दिन निकै दुख लाग्यो । अरु जे भएपनि घरपरिवारबाट सहयोग भयो अँझै पनि सहयोग भैरहेमा खुसी छु । प्रचारमा पनि निकै होमियौं । तर, महिला भएकाले रातमा प्रचार गर्न जान सकिएन् । ‘झुटा आश्वासन दिईन ।’ उनले भनिन् ः ‘त्यहि भएर हार ब्यहोरे । कति आफ्नैले धोका दिए । कम मतले हारेकाले झन पिडा हुँदो रैछ । अरु पार्टीका कार्यकर्ताबाट अहिले हेपाहा प्रवृत्ती अँझै पनि कायमै छ ।’

एमालेबाट गुँरास गाँउपालिकाको उपाध्यक्षमा चुनाव लड्न शिक्षणपेशाबाट राजिनामा दिएर आएकी प्रभादेवी गुरुंगले पराजय भोग्नुको कारण धेरै छन् । ईमान्दार स्वभावकी उनी गाँउघरमा हुने सभामा चर्का र झुटा योजना बाड्न नसक्नु नै भएको बताउँछिन् । राजनितिमा आउन नचाहेकी उनी घरपरिवारकै सहयोग पाएपछि चुनावमा होमिएकी थिईन् ।

‘चुनावी माहोल हेर्दा जितिन्छ भन्ने लागेको थियो । उनी भन्छिन् ‘तर, हार ब्यहोरे । मैले आश्वासन बाँडिन् । झुटो विकासका खेती गरिन् । म हारे पनि वडा अध्यक्षहरुको विजयी जुलुशमा गए फुल माला लगाए ।’ त्यस्तै काँग्रेसबाट महिला सदस्यमा उठेकी हरिमाया सारुमगर अहिले पार्टीमा बस्नु न छोड्नु दोधारमा पुगेकी छन् ।

उनलाई सुरुमा गाँउपालिका उपाध्यक्षमा उठाउने अन्तिम तयारी भईसकेपछि एकाएक नेताहरुले बस्न आग्रह गरे । उनको ठाँउमा अर्कैको नाम पठाए । उनलाई जिल्ला समन्वय समितले ल्याउने भन्दै महिला सदस्यमा उठाए । पार्टीकै नेताहरुको असहयोगले आफुले चुनाव हारेको बताउँछिन् ।

‘म एक मतले हारेपछि नेताहरुलाई फेरी मतगणना गर्न अनुरोध गर्दा पनि सुनुवाई भएन् ।’ हरिमायाले रुदै भनिन् ः ‘पार्टीबाट पनि अहयोग भयो । मेरो राजनिति पनि सके । पैसा हुनेवालाहरुले मात्रै राजनिति गर्नुपर्छ भनेर यसपालीको चुनावबाट नेताहरुले सिकाए ।’ साविकको गाविस हुँदा हरेक संचरनाको नेतृत्व गरेर उनले गाँउलाई नै उज्यालो गराएकी थिईन् । उनी सेरीकै चम्किलो तारा हुन् ।