☰ open Loading... 17 May 2024|  

दैलेखी युथको चौथो खेल महोत्सव हुने
  | २८ भाद्र २०७४, बुधबार १०:२४

काठमाडौं । अागामी असोज २५ गतेदेखि ३० गतेसम्म चौथो दैलेखी युथ कप आयोजना हुने भएको छ । दैलेखी युथको आयोजनामा सञ्चालन हुने खेल महोत्सवको तयारी भइरहेको संस्थाका अध्यक्ष प्रेमबहादुर शाहीले जानकारी दिए ।

संस्थाले काठमाडौंको रिपोर्टस क्लबमा पत्रकार सम्मेलन आयोजना गरीे खेल महोत्सवबारे औपचारिक जानकारी दिएको हो । २०७१ सालमा स्थपना भएको दैलेखी युथ, काठमाडौँमा अध्ययन र रोजगारीको शिलशिलामा बसोवास गर्दै आएका युवाहरुद्वारा सञ्चालित संस्था हो । यस संस्थाले आफ्नो स्थपानाकाल देखि नै खेलकुद महोत्सव गर्दै आएको छ ।

दशैं विदामा जिल्ला फर्किदा सम्पूर्ण युवालाई संगठित गर्न र भाइचारा सम्बन्ध कायम गर्न खेलले महत्वपूर्ण भूमिका खेल्ने संस्थाका अध्यक्ष शाहीको भनाइ छ । खेल महोत्सव दैलेख बजारस्थित खुलामञ्च टुडिँखेलमा आयोजना गरिने छ । २५ गते बिहान ८ः ३० बजे ¥याली सहित बजार परिक्रमा गरी उद्घाटन गरिने बताइएको छ ।

युवाहरुको खेलप्रतिको रूचीलाई बुझेर हामीले लोकप्रिय खेल फुटबल, पुरुष भलिबल र ब्याडमिन्टन खेल महोत्सवमा समावेश गरेको संस्थाका कोषाध्यक्ष सुशील देउजाले बताए । महोत्सव सम्पन्न गर्न १३ लाख लाग्ने अनुमान गरिएको छ । प्रायोजक नभएकाले खर्च जुटाउन संस्थालाई गाह्रो भएकाले सबै संघसंस्थालाई सहयोग गर्न अध्यक्ष शाहीले अनुरोध गरेका छन।

महोत्सवमा सहभागी हुने टिमलाई दर्ता शुल्क फुटवल तर्पm रू. १०,००० पुरुष भलिबल तर्फ रू. ५,००० र व्याटमिन्टनको लागि रू. २,००० तोकिएको छ । विजेता टिमलाई फुटबल तर्पm प्रथम हुनेले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र र द्वितिय हुने टिमले नगद ५० हजारको साथै मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

खेलमा उत्कृष्ट हुने एकजना खेलाडीले ट्रफी सहित प्रमाण–पत्र प्राप्त गर्नेछन् । पुरुष भलिबल तर्पm प्रथम हुनेले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र र उपविजेता टिमले २५ हजार नगद सहित मेडलर प्रमाण–पत्र प्राप्त गर्नेछन । यसमा पनि एक जना उत्कृष्ठ खेलाडीलाई ट्रफी सहित प्रमाण–पत्र प्रदान गरिने छ ।

त्यस्तै ब्याटमिन्टन प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन भने उपविजेताले नगद १० हजार सहित मेडल र प्रमाण–पत्र प्राप्त गर्ने संस्था द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।