☰ open Loading... 17 May 2024|  

बालबिबाह गर्ने किशोरीहरुको संख्या बढ्दै
  | २९ भाद्र २०७४, बिहीबार १६:०८

बुद्धिमान पुन 
सल्यान । सल्यानको सिन्वाङमा बालबिबाह गर्ने किशोरीहरुको संख्या धेरै रहेको पाईएको छ । साबिकको सिन्वाङ गाबिसमा २० बर्ष भन्दा मुनीका किशोरीहरुको बिहे हुुने गरेको पाईएको हो । सिन्वाङ गाबिसमा रहेको स्वास्थ्य चौकीले पछिल्लो केही बर्ष यता बालबिबाह गर्ने किशोरीहरुको संख्या बढ्दै गएको जनाएको छ ।

स्वास्थ्य चौकी सिन्वाङका निमित्त प्रमुख बिमला केसीले केही बर्ष यता २० बर्ष भन्दा सानो उमेर समुहका किशोरीहरु स्वास्थ्य चौकीमा प्रसुती हुन आउने गरेको बताइन । स्वास्थ्य चौकी सिन्वाङको तथ्यांङ्क अनुसार आर्थिक बर्ष २०७२र७३ मा ३७ जनाले स्वास्थ्य चौकीमा आएर सुत्केरी भएका थिए । जसमा १३ जना २० वर्षमुनिका छन् ।

यस्तै आर्थिक बर्ष २०७३र७४ मा ४० जना स्वास्थ्य चौकीमा आएर सुत्केरी भएका छन् । जसमा १८ जना बीष बर्ष मूनिका रहेको स्वास्थ्य चौकीको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै यस आर्थिक बर्षको हाल सम्ममा स्वास्थ्य चौकीमा ६ जना सुत्केरी भएको मा २ जना बीष बर्ष मुनिको रहेका छन् ।

स्वास्थ्य चौकी सिन्वाङका निमित्त प्रमुख केसीले स्वास्थ्य चौकीमा सुत्केरी हुन प्राय किशोरीहरु आउने गरेको बताइन । “स्वास्थ्य चौकीमा सुत्केरी हुन प्राय २० बर्ष मूनिका आउने गर्दछन्,” उनले भनिन –“सानो उमेरमा नै बिहे गर्नाले आमा र बच्चा दुबैको अबस्था जोखिममा हुन्छ ।”

केसीले सानो उमेरमा बिहे गर्दा बिभिन्न स्वास्थ्य समस्या आईपर्ने भएकाले उमेर पुगे पछि मात्रै बिहे गर्नु पर्ने उनकाे सुझाव छ । “सानो उमेरमा बिहे नगर्नु होस, यदी गरि हाल्नु भयो भने पनि २० बर्ष पुगे पछि मात्रै बच्चा जन्माउनु होस,” उनले थपिन, ‘सुत्केरी हुन आउने सबैलाई २/३ बर्षको अन्तरालमा मात्रै अर्को बच्चा बनाउन सुझाब दिने गरेका छाैं ।’

कपुरकोट गाउँपालिका अन्र्तगत स्वास्थ्य शाखाका फोकल प्रसन पुष्पजंग मल्लले जनचेतनाको कमीका कारण बालबिबाह बढी हुने गरेको बताउँछिन । “यहाँ बालबिबाह धेरै हुने गर्दछ, यसका किशोरकिशोरी सबै पर्दछन्, तर चाँडै गर्भबती हुने भएकाले बढी समस्या किशोरीलाई हुने गर्दछ,” उनले भनिन ।

उनले भाबि योजना नबनाउदा पनि सानो उमेरमा बिबाह गरेर गर्भबती हुने गरेको बताउनु भयो । बालबिबाह कम गर्नका लागी जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बताइन ।

कपुरकोट गाउपालिका ६ छायानाथमा रहेको भवानी माद्यामिक बिद्यालयका प्रधानाध्यापक दल बहादुर खड्काले आफ्नो बिद्यालयमा बालबिबाह न्यूनिकरणको लागी जनचेतनामुलक प्रशिक्षण तथा कार्यक्रम सञ्चालन गर्ने गरेको बताए  । “स्वास्थ्य चौकी संग सहकार्य गरेर किशोरकिशोरीहरुलाई किशोराबस्थामा हुने परिबर्तन, बालबिबाह लगाएतका बिभिन्न बिषयमा जानकारी दिने गरेका छौँ” उनले भने ।

उनले बिद्यालय ब्यबस्थापन समितीका पदाधिकारी र शिक्षकहरु २० बर्ष मुनिका बालबालिकाहरुले गरेको बिबाहमा सहभागी नहुने निर्णय गरेको बताएका उनले यदी सानैमा वालविवाह गरेकाे पाईएमा ५ सय रुपैँया जरीवाना तोकिएको जानकारी दिए ।