☰ open Loading... 18 November 2024|  

हाईस दुर्घटना हुँदा १ को मृत्यु ,२० घाईते
  | २९ भाद्र २०७४, बिहीबार १८:१६

सुर्खेतदेखी दैलेख जादै गरेको कांक्रेविहार यातायात संघद्धारा संचालित बा.४ ख. ४२२२ नम्वरको हाईस गुराँस गाउँपलिका–४ सियाकोटमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको  छ । भैरवी गाउँपालिका–१ का १३ वर्षिय गेहेन्द्र विष्टको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

२० जना घाईते भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा वीरेन्द्रनगर–४ का प्रेम पाण्डे, सोही ठाउँका इश्वर पाण्डे रहेका छन् । यसैगरी दुल्लु नगरपालिका–१० का ३८ वर्षिय टिकाराम खत्री, पहाडीपुर नेपालगञ्ज बाँकेकी रिया थापा मगर, सोही ठाउँका १२ वर्षिय मेनुका थापा मगर, नौमुले गाउँपालिका–५ की टिका थापा, लेकवेसी–१० का गणेशप्रसाद शर्मा, सोही ठाउँका कुमार लामिछाने र लेकवेसी नगरपालिका पार्वती अधिकारी रहेकी छिन् । यसैगरी घाईते हुनेमा नारायण नगरपालिका–१ का मानबहादुर जिसी, हिक्मत थापा दैलेख, रमेश खड्का दैलेख, रोशनी वस्नेत दैलेख, कर्णबहादुर तारामी दैलेख, ललिल वस्नेत सुर्खेत, तिर्थ खड्का दैलेख, राजबहादुर शाही दैलेख, लालमनि विक दैलेख र खर्जन बडुवाल दैलेख र सुर्खेतका दिनेश पाठक घाईतेका भएका छन् ।

 घाईतेमध्य ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेत एसपी मोहनकुमार आचार्यले जानकारी दिए । गम्भिर घाईतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको उनले बताए । घाईतहरुको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ र देउती नर्सिङ होम र माया नर्सिङ्ग होममा उपचार भईरहेको उनले जानकारी दिए ।


गाडीको व्रेक फेल हुदाँ गाडी सडक भन्दा करिब ५० मिटर तल खसेको प्रहरी जनाएको छ । घटना २ बजेर १५ मिटर जाँदा घटेको हो ।