☰ open Loading... 17 May 2024|  

जलवायु परिवर्तनको असर कृषिमा
  | २९ भाद्र २०७४, बिहीबार २२:२६

जलवायु परिवर्तनको प्रत्यक्ष असर कृषि क्षेत्रमा देखिएको छ । जलवायु परिवर्तनले तापक्रम बढी र वर्षा कम भएपछि यसले कृषिमा प्रभाव देखिएको हो । त्यसैगरी यसले गर्दा पानीको स्रोतहरु सुक्दै जानुको साथै कृषि उत्पादनमा प्रभाव पारेको छ । तथ्यांक विभागले गत वर्ष गरेको जलवायु परिवर्तन सम्बन्धी गरेको सर्वक्षणले यसले कृषि क्षेत्रलाई पारेको देखिएको छ ।

पाँच हजार ६० घरधुरीमा गरिएको सर्वक्षणमा अधिकांस घरधुरीले खडेरी बढ्नुका साथै रोग किराको प्रकोप बढेको बताएका छन् । यस सर्वक्षणले विगत २५ वर्षको तुलनामा मध्यपश्चिम पहाडी क्षेत्रका ९२ प्रतिशत घरपरिवारले कृषियाग्यो जमिनमा मिचाहा झारको वृद्धि भएको बताईएको छ। ।

जलवायु परिवर्तनको प्रभावका विषयमा जानकारी दिन तथ्यांग विभागले बिहीवार विरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा विभागका निर्देशक सुशिलकुमार शर्माले जलवायु परिवर्तनको असर निम्न आय भएका व्यक्तिलाई बढी असर परेको बताए । जलवायुले वातावरण तथा मानिसमा असर पारेको भन्दै यसले महिला र बालवालिका अझै बढी प्रभावित रहेको बताए । मध्यपश्चिममाञ्चल विकास क्षेत्रको १५ जिल्ला मध्य मुगु जलवायु परिवर्तनको उच्च जोखिमा रहेको उनले बताए । सुर्खेत, बाँके लगायतका जिल्लाहरु कम खोजिममा रहेको उनले शर्माले जानकारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीताराम कार्की र जिल्ला समन्वय समिति सुर्खेतका स्थानीय विकास अधिकारी अमृत लम्साल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।