☰ open Loading... 19 April 2024|  

जुवा खालबाट पाँच पक्राउ
  | ३० भाद्र २०७४, शुक्रबार २०:२३

सागर परियार
जुम्ला ।  जुम्ला सदरमुकामको एक होटलबाट जुवा खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा विहिवार राति १० बजेपछि जुवा खालबाट उनिहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जुवा खेल्नेहरुमा सरकारी कर्मचारी समेत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

सबै जुवाडेको नाम सार्वजनिक गरेपनि ति मध्य सरकारी कर्मचारी को-को हुन् भन्ने बिवरण नखुलाएको छैन । पक्राउ पर्नेहरुमा चन्दननाथ नगरपालिका वडा नम्बर ७ का धिरबहादुर महत, तिला गाउँपालिका वडा नम्बर ५ का रणबहादुर बुढा, चन्दननाथ नगरपािलका वडा नम्बर ४ का कालिबहादुर भण्डारी, तिला गाउँपालिका वडा नम्बर ९ का नरेन्द्र बुढा र चन्दननाथ नगरपालिका वडा नम्बर ४ का नवराज भारति रहेको प्रहरी सहायक निरिक्षक कलेन्द्र विक्रम शाहीले जानकारी दिए ।

५ दिन भित्र घटनाको विषयमा थप अनुसन्धान गरेर उनीहरुलाई जिल्ला अदालतमा कारवाहीका लागी पठाईने भएको छ ।