☰ open Loading... 25 April 2024|  

सिँचाइमन्त्रीको भेरीबबई डाइभर्सन आयोजनाको निरिक्षण ‘निर्धारित समयमै काम सक्नुस्’
  | ३१ भाद्र २०७४, शनिबार ०९:२२

भेरी–बबई आयोजनालाई सरकारले नमुना परियोजनाका रुपमा अघि बढाएकाले निर्माणमा कुनै समस्या आउन नदिने प्रतिवद्धता सिँचाइमन्त्री सञ्जय गौतमले व्यक्त गरेका छन् । बिहिबार राती आयोजना निर्माण स्थलमा पुगेका मन्त्री गौतमले कृषकको आयस्तर उठाउन मद्दत पु¥याउने आयोजनामा कुनै अवरोह नहुने बताएका हुन् ।

‘यो ‘पाइलटिङ प्रोजेक्ट’ हो । यस्ता धेरै आयोजना पाइपलाइनमै छन्’ उनले भने, ‘मुलुकको सम्वृद्धिसंग जोडिएको आयोजना हो । त्यसैले सरकार आयोजनाको आर्थिक÷प्राविधिक पक्षमा कुनै समस्या आउन दि“दैन् ।’ अन्तर–जलाधार जलस्थानान्तरण परियोजनामध्ये भेरी–बबई मुलुककै पहिलो परियोजना हो ।

आयोजना निर्माणको जिम्मा चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक) ले लिएको छ । सिंचाई विभाग र कोभेकबीच ०७१ माघमा निर्माण सुरु गरी ०७५ फागुनमा सम्पन्न गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार अबको डेढ वर्षभित्र सुरुङ निर्माण गरिसक्नुपर्छ । आयोजना प्रमुख शिवकुमार बस्नेतले महाभूकम्प, नाकाबन्दी र बाढीपहिरोका कारण निर्माण कार्यमा केही असर पुगेको बताए । ‘दुई वर्षभित्र सुरुङ निर्माण गरिसक्ने अपेक्षा छ’ उनले भने, ‘निर्माण पूर्वका सबै संरचनाहरु तयार गरिसकेका छौं । नोभेम्बरपछि सुरुङ खन्ने काम सुरु गर्नेछौं ।’


टनेल बोरिङ मेसिन (टिबिएम) का उपकरणहरु भित्रिने क्रम जारी छ । चीनको सांघाई, भारतको कोलकत्ता हु“दै जमुनाहा नाकाबाट भित्रिने ती उपकरणका बोकेका ५५ मध्ये २० कन्टेनर बाटोमै छन् । सबै कन्टेनर आइपुग्न करिब एक साता लाग्ने अनुमान छ । आयोजना प्रमुख बस्नेतका अनुसार दुई सय ५० मिटर लामो उक्त मेसिन जडान गर्न दुई महिना लाग्नेछ । मेसिन उत्पादक अमेरिकी कम्पनी रोबिन्सकै प्राविधिकले जडान गर्नेछन् । परिक्षणका लागि कम्पनीले ५ मिटर सुरुङ खन्नुपर्नेछ ।

टिबिएम पहाड फोर्न प्रयोग हुने चालकरहितको अत्याधुनिक प्रविधिको मेसिन हो । नेपालमै पहिलोपटक मेसिनबाट सुरुङ निर्माण गर्न लागिएको छ । भेरी र बबई नदीबीचको १२ किमी लामो चुरे पर्वत खन्न यस्को प्रयोग हु“दैछ । टिबिएमका लागि आवश्यक ५ मिटर ब्याससहित डेढ सय मिटर लामो प्रवेशद्वार मजदुरबाट खन्ने काम पुरा भैसकेको छ । आयोजनामा चिनिया“ र नेपाली गरी दुई सय ८६ जना कामदार छन् ।

सुर्खेतको भेरीगंगा नगरपालिका अन्तर्गत छिन्चु–जाजरकोट सडक खण्डको चिप्लेबाट १५ मिटर अग्लो बा“ध बनाई १२ किमी लामो सुरुङमार्फत भेरी नदीको प्रति सेकेण्ड ४० घनमिटर पानीलाई बबईमा फर्काइनेछ । बबईमा फर्काइएको पानीबाट ४८ मेगावाट विद्युत तथा बा“के र बर्दियाको ५१ हजार हेक्टरमा सिंचाई सुविधा उपलब्ध गराउने आयोजनाको उद्देश्य छ । स्वदेशी लगानीमा निर्माण हुने लागेको आयोजनाको कूल लागत साढे १६ अर्ब लाग्ने अनुमान छ । बाह्रै महिना सिंचाई उपलब्धताबाट कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक ३ दशमलब १ अर्ब अप्रत्यक्ष तथा विद्युतबाट दुई दशमलब १ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान छ ।