☰ open Loading... 5 May 2024|  

हाइस दुर्घटनामा १ को मृत्यु १७ घाईते
  | ३१ भाद्र २०७४, शनिबार १७:५८

सुर्खेत देखि नेपालगञ्ज जादैँ गरेको हाईस हर्रेको एमाले मोडमा दुर्घटना हुदाँ १ जना बालकको मृत्यु भएको छ । शनिवार हर्रेको एमाले मोडमा बा. ४ ख १६२८ नम्बरको हाईस र नेपालगञ्ज देखि सुर्खेत आउँदै गरेको से १ ख १४५३ नम्बरको मिनि ट्रक एकआपसमा ठोक्दिा हाइसमा सवार कालिकोटको खडाच्रक नगरपालिका–१ का १ महिनाका बालक एलिज शाहीको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हाे ।

हाईस र मालवाहक ट्रक ठोकिदा हाईसमा सवार गरेका १७ जना घाईते छन् । जसमध्य ७ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी जवान मोहन विकले जानकारी दिए । हाल घाईतेहरु ११ जनाको कोहलपुर मेडिकल कलेज र ६ जनाको नेपालगंज नर्सिङ्ग होममा उपचार भईरहेको बताए ।