☰ open Loading... 3 May 2024|  

सिम्ता गाँउपालिकाकाे वडा नम्बर २ पुर्ण खोपयुक्त वडा घोषणा
  | २ आश्विन २०७४, सोमबार १८:१३

सुर्खेत । पुर्वी सुर्खेतको सिम्ता गाँउपालिका वडा नम्बर २ लाइ पुर्णखोप युक्त वडा घोषणा गरिएको छ। साेमबार एक कार्यक्रमको आयोजना गरी वडालाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको वडा कार्यालय काफलकोटले जनाएको हाे ।

वडामा रहेका १५ महिनासम्मका सवै बालबालिकाहरुले सवै खोप लिइसकेकाले पूर्ण खोपयुक्त घोषणा गरिएको जनाएको छ। कार्यक्रममा जिल्ला समन्वय समितका सदस्य तिर्थबहादुर रावतले स्वस्थ हुन सबै नागरिकको अधिकार भएको भन्दै वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएकोमा खुशी व्यक्त गरे ।

उनले वडाको लागी जिल्ला समन्वय बाट हुने सहयोगको लागी आफु तयार रहेको भन्दै यसको सबैको साथ आबश्यक रहेको बताए । कार्यक्रममा गाँउपालिका उपाध्यक्ष चन्द्रकाला शाहीले आफुले पहिले यस क्षेत्रमा स्वयम्सेविका भएर काम गरेको स्मरण गर्दै यसमा स्वयम्सेविका महत्वपर्ण योग्दान रहेको बताइन ।

कार्यक्रममा नेपाली काग्रेसका उपसभापति टेकबहादुर सिहँले खोपयुक्त घोषणा हुन आफैमा खुशीको कुरा भएको भन्दै बालबालिकाको स्वस्थ जिवनमा स्वस्मसेविकाको भुमिको महत्वपुर्ण भएको बताएका थिए ।

वडामा रहेको १ सय ५ जना बालबालिकाहरुले सम्पुर्ण खोपहरु लागएकाले पुर्ण खोप युक्त वडा घोषणा गरिएको वडा अध्यक्ष हरिबहादुर सिहँले जानकारी दिए । यो संगै सिम्ताँगाँउपालिकामा रहेका ८ वटा वडालाइ पुर्ण खोपयुक्त घोषणा भइसकेका छन । यसै आर्थिक बर्षभित्र वडा नम्बर ९ खानिखोलालाइ पनि पुर्ण खोयुक्त वडा घोषणा गरिने गाँउपालिका अध्यक्ष कविन्द्र केसीले जानकारी दिएका छन् ।