☰ open Loading... 3 May 2024|  

अझै बनेन सुर्खेतकाे निर्माणाधिन सिटी बसपार्क
  | २ आश्विन २०७४, सोमबार १८:२६

सुर्खेत । दशैँ अगावै वीरेन्द्रनगरमा निर्माणाधिक सीटी वसपार्क संचालनमा नआउन भएको छ । कहिले वर्षात त कहिले बालुवा नपाएको कारण देखाउदै निर्माण कम्पनीले काम लम्बाउँदा सञ्चालनमा नआउने भएको हो ।

७५ काम भएको २५ प्रतिशत काम गर्न बाँकी रहेको र मनुसन सकिने वितिकै काम सम्पन्न गरी दशैबाट सीटी वसपार्क संचालन ल्याउने प्रतिवद्धता जनाएको थियो ।

बालुवाको कारणले गर्दा काम ढिलाई भएको चाङ्गमीला नरसिंह-जे.भीका रसिंह धामीले जानकारी दिए । बालुवा बन्द हुदाँ निर्माणको काम ढिलाई भएको उनले बताए । अब बालुवा खुल्ना वित्तिकै निर्माण काम अघि बढ्ने, डढे महिना भित्र सबै काम सम्पन्न गर्ने उनले प्रतिवद्धता समेत जनाए ।

हालसम्म ८० प्रतिशत काम सम्पन्न भईसकेको उनले जानकारी दिए । अब २० प्रतिशत काम मात्र बाँकि छ । फिनिसिङ र पीचको काम मात्र बाँकी रहेको उनले बताए । अहिले क्रसरले बालुवा ढुवानी गर्न दिएको छैन । बालुवा खुलेको १० दिन भित्र फिनिसिङ्गको काम सम्पन्न हुने धामीले जानकारी दिए ।

अहिलेसम्म अस्थायी टहरा, गार्डेन निर्माण र वाल निर्माणको कार्य सम्पन्न भईसकेको उनले बताए । ‘वर्षातमा कालोपत्रे गर्दा काम राम्रो नहुने भएपछि केही समयका लागि निर्माण कार्य ढिला भएको हो’ धामीले भने,–‘अबको डेढ महिनामा निर्माण कार्यलाई सकेर नगरपालिकालाई हस्तान्तरण गरेरै छोड्ने प्रतिवद्धता जनाए ।’ हाल सम्म ५६ ओटा अस्थायी टहरा (सटर) निर्माण गरेको छ । २० प्रतिशत काम बाँकी छ । ८० प्रतिशत काम सकिएको छ ।

बसपार्क निर्माणका लागि चाङ्गमीला नरसिंह-जे.भी दार्चुलासंग ६ करोड ८३ लाखमा वीरेन्द्रनगर नगरपालिकासंग सम्झौता भएको थियो । बसपार्क भित्र यात्रुहरुलाई बस्न छुट्टा छुट्टै टर्मिनल भवन, गाडी मर्मतका लागि वर्कसप भवन, टिकट काउन्टर, महिला र पुरुष शौचालय, २ वटा गेट रहनेछन् ।

निर्माधिन बसपार्कमा ९० साना ठुला बस अट्ने क्षमताको हो । सीटी वसपार्क निर्माण नहुदाँ प्रदेश नम्बर ६ को प्रस्तावित राजधानी वीरेन्द्रनगर बस पार्क विहिन छ ।