☰ open Loading... 17 May 2024|  

बाढीपीडितको दसैं यो वर्ष पनि छाप्रामै
  | ५ आश्विन २०७४, बिहीबार १४:५८

हरिहरपुरका मानबहादुर दमँईको पा“च जनाको परिवारले गिरिघाट जंगलमा आश्रय लिएको तीन वर्ष बित्यो । खुइलिएको त्रिपालको छाप्रामुनी कष्टकर दैनिकी गुजारिरहेका उनको परिवारमा नजिकि“दै गरेको दसैंको कुनै उल्लास छैन् । सबैका अनुहार मलिन । ‘बस्ने ठावै त यस्तो छ । कसरी दसैं राम्रो हुनु’ मानबहादुरले भने, ‘जब बाढीले सारा सम्पति बगायो त चाडपर्वको रौनक पनि घट्यो ।’ गिरिघाट शिविरमै आश्रय लिएकी संगिता नेपालीले त्रिपालमूनी बस्नुपर्दा बाढीको पीडा भुल्न नसकेको बताइन् । ‘यो दसैं पनि छाप्रामै हुनेभो । मनमा जति पीडा भएपनि बाहिर रमाइलो गर्नैप¥यो’ उनले भनिन् ।

०७१ साउन २८ र २९ गते भेरीमा आएको भीषण बाढीले साबिकका हरिहरपुर गाविसका बासिन्दा बढी प्रभावित भएका थिए । घर, खेतबारी पुरै बगरमा परिणत बनाएपछि थातथलोबाट विस्थापित भएका उनीहरु तीन वर्षदेखि गिरिघाट जंगलमा कष्टकर जीवनयापन गरिरहेका छन् । यतिबेला प्रायः सबैका छाप्रा रित्तै छन् । गिटी कुटेर छाक टार्दै आएका विस्थापितहरुलाई दसैंमा मिठो–मसिनो के खाने भन्ने चिन्ताले छोइसकेको छ । मानबहादुरले दसैंको चहलपहल सुरु भएपछि आफूहरुको मजदुरी पनि ठप्प हुने चिन्ता व्यक्त गरे । ‘दसैं लाग्यो भने कामै पाइ“दैन् । त्यसैले हिजोआज अलि बढी नै काम गर्नुपरेको छ’ उनले भने, दसैंमा उधारो खानु त भएन । ठूलो परिवार छ । सकी–नसकी मजदुरी गर्नैप¥यो ।’ गिरिघाट शिविरमा विपन्न दलित, जनजाति समुदायको बसोेबास बढी छ ।

सुर्खेतका विभिन्न स्थानमा आएको बाढीले ९ सय ७० परिवार विस्थापित हुनुका साथै एक सय १५ जनाको मृत्यु भएको थियो । बाढीपीडितहरु गिरिघाटका साथै वीरेन्द्रनगर, छिन्चुको मसिना, बाबियाचौर, तरंगा लगायतका क्षेत्रमा छन् । सरकारले निजी आवास पुनर्निर्माणका लागि भूकम्पपीडित सरह राहत रकम पठाएपनि जग्गा (घडेरी) किन्ने रकम न्यून हु“दा अधिकांशले दोस्रो किस्ता बुझेका छैनन् ।

भूकम्पपीडित सरह अनुदान पाउने भएपछि उत्साही विस्थापितहरुले ग्गाका लागि बजेट अपुग भएपछि आवास निर्माण गर्न नसकेको बताएका छन् । जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार बाढीपहिरोबाट ७ सय १५ को पूर्ण तथा २ सय १५ परिवारको आंशिक क्षति भएको तथ्यांक छ । उक्त तथ्यांकका आधारमा सहरी विकास तथा भवन निर्मँण विभाग डिभिजन कार्यालयले गत आवको अन्तिम चौमासिकमा जग्गा किन्न ५० हजार रुपैया“ वितरण गरेको थियो । ‘पहिलो किस्ता ५० हजार बुझ्यौं । तर, त्यतिले वीरेन्द्रनगरमा घडेरी खरिद गर्न सम्भव भएन’ गिरिघाटका गगन नेपालीले भने, ‘जग्गा किन्न नसक्दा बा“की रकम लिन सकिएन् ।’ सरकारले भूकम्पपीडितसरह भनेपनि पहिलो किस्ता रकम निकै कम दिएको उनीहरुको दुखेसो छ । घरजग्गा बगरमा परिणत भएकाले नया“ ठाउ“मा उक्त रकमले घडेरी किन्न नसकेको उनले गुनासो गरे ।

जग्गाधनी पुर्जा पेश गरेपछि आवास निर्माणको पहिलो किस्ता बजेट दिने प्रावधान छ । तर, हालसम्म कसैले पनि पुर्जा पेश गरेका छैनन् । डिभिजन कार्यालयले १ सय ९२ परिवारलाई जग्गा खरिदबापत २ करोड ९९ लाख रुपैया“ वितरण गरिसकेको छ ।सरकारले घर बनाउन ३ लाख र जग्गा खरिद गर्न ५० हजार रुपैया“ अनुदान उपलब्ध गराएको हो ।

डिभिजन प्रमुख थम्बराज श्रेष्ठले जग्गा किन्ने बजेट कमीले आवास निर्माणको दोस्रो किस्ता बुझ्न नसकेको बताए । ‘कार्यविधिमै लालपुर्जा बिना दोस्रो किस्ता दिन मिल्दैन्’ उनले भने, ‘५० हजारमा वीरेन्द्रनगरमा जग्गा आउ“दैन् । यसले गर्दा आवास निर्माण प्रभावित हुन पुग्यो ।’