☰ open Loading... 24 February 2025|  

रेडक्रस उपशाखाको शुभकामना आदानप्रदान
  | ५ आश्विन २०७४, बिहीबार १७:५२

नेपाल रेडक्रस सोसाइटी वीरेन्द्रनगर ५÷६ उपशाखाले विहीबार निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा विजयादशमी, दिपावली, छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि रेडक्रस जिल्ला शाखा सभापति रामलाल आचार्यले सेवा नै धर्म भएकाले रेडक्रसकर्मीलाई दसैंतिहारले समाजसेवामा थप उत्साह प्रदान गरोस् भनी कामना गरे । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष राजबहादुर गुरुङ, ६ का अध्यक्ष मोतीप्रसाद कंडेललाई सम्मान गरिएको थियो । वक्ताहरुले रेडक्रसले आगामी दिनमा अझ स्वयंसेवी काम गर्न उत्पे्ररणा दिओस् भनी कामना गरे ।

उपशाखा सभापति कमल नेपालको अध्यक्षमा सम्पन्न कार्यक्रममा रेडक्रसका निर्वतमान सभापति लिलाराम सुवेदी, शाखा मन्त्री प्रदिप्त पौडेल, उपमन्त्री किशोर रेग्मी, वरिष्ठ राष्ट्रिय प्रशिक्षक कुमार ढकाल, सुर्खेत उद्योग वाणिज्य संघका उपाध्यक्ष धनबहादुर रावत, रेडक्रसका जिल्ला शाखा उपकोषाध्यक्ष सोमप्रसाद दाहाल, वरिष्ठ अधिकृत गोविन्द आचार्य, संस्थापक रामकृष्ण लामिछाने, सनातन हिन्दु धर्म सेवा समाजका अध्यक्ष दुर्गाप्रसाद गौली,लायन्सका एरिया चिफ सरस्वति बस्नेत, पत्रकारहरु प्रकाश अधिकारी र नगेन्द्र उपाध्यायको उपस्थिति थियो ।