☰ open Loading... 19 November 2024|  

दैलेखमा खेल मैदानकाे अभाव
  | ५ आश्विन २०७४, बिहीबार १७:५८

२५ गते देखी ३० गतेसम्म हुने भनिएको चौथो दैलेखी युथ कपमा खेल मैदानको अभाव भएकाले ९÷९ जना खेलाडी बिच खेल खेलाउन दैलेखी युथ कप बाध्य भएको छ । विगतका वर्षमा दैलेख स्थित नारायण क्याम्पसको खेलमैदानमा हुने गरेको खेल यस वर्ष उक्त क्याम्पसले मैदानमा तारबार लगाएर मैदान साँगु¥याएपछि खेल मैदान अभाव भएको हो ।

अध्ययन तथा रोजगारीको शिलशिलामा विभिन्न स्थानमा छरिएर बसेका दैलेखी युवाहरु एकिकृत गर्ने उद्देश्यले युथ कपले प्रत्येक वर्ष खेलको आयोजना गर्दै आएको थियो । तर, यस वर्ष भने क्याम्पसले मैदानलाई साँघु¥याएको आयोजकको भनाई रहेको छ । संस्थाले प्रत्येक वर्ष खेल महोत्सव उक्त स्थानमा नै गर्ने थाहा हुदा हुदै स्थानिय निकाय र क्याम्पसको मिलेत्तोमा मैदानलाई सानो बनाएको र आफुहरुलाई ११ र ११ जना बिच खेल खेलाउने पर्नेमा ९ ९ जना मात्र खेल खेलाउन बाध्य बनाएको आयोजकले जानकारी दिए । युवाहरुको खेलप्रतिको रूचीलाई बुझेर हामीले लोकप्रिय खेल फुटबल, पुरुष भलिबल र ब्याडमिन्टन खेल महोत्सवमा समावेश गरेका थियौ तर स्थानिय प्रशासनले युवाहरुको मर्मलाई नबुझी मैदान साँघुरो बनायो संस्थाका कोषाध्यक्ष सुशील देउजाले बताए ।

युवा खेलाडीको भविष्यमाथी खेलवाड गर्ने जुनसुकै निकाय संग नडराएर युवाहरु पछि नहट्ने दैलेखी युथका कोषाध्यक्ष एवं विद्यार्थी नेता सुशील देउजाले बताए । हामी जस्तो सुक्कै परिस्थितीमा पनि खेल महोत्वि गरेर नै छोड्छौ उनले भने । स्थानिय निकायले गर्नु पर्ने काम युवाहरुले गर्दा पनि स्थानिय निकायले गरेको हदै सम्मको लापरवार्हीले स्थानिय निकाय स्वयम्ले लाज मान्नु पर्ने हो उनले प्रतिक्रिया दिए । क्याम्पस र विद्यालयहरुले खेलकुद क्रियाकलाप रोकेपछि अव, जारकोटमा जिल्लामै ठुलो खेल मैदान बन्न लागेको जिल्ला खेलकुद विकास समितिले प्रतिक्रिया दिएको छ । अर्को वर्षदेखी खेलकुद मैदानको अभाव नहुने खेलकुद विकास समितिले जनाएको छ ।