सागर परियार,
जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओबादिकै दबाब र संघर्षका कारण कर्णाली प्रदेशले पुर्णता पाएको बताए । कुरा भन्दा परिणामुखी काम गर्ने पहिलो पाटी माओबादि भएको भन्दै कर्णाली प्रदेश बन्न सफल भएको प्रचण्डले दाबी गरे ।
जुम्लाको सिंजामा आयोजित बहृत आमसभालाई सम्बोधन गर्न आईतबार जुम्ला पुग्नु भएका माओबादि अध्यक्ष प्रचण्डले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ६ नम्बर प्रदेशबाट माओबादिलाई पहिलो बनाउन पाटी नेता कार्यकर्तालाई निर्देशन दिए ।
र्णालीको विकास माओवादीको प्राथमिकतामा भएको बताए । उनले भने ‘कर्णाली विकास आयोग हामीले नै बनायौं, कर्णाली प्रदेश हामीले नै बनायौं, र गौरबशाली आयोजना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हामीले नै बनाएको भन्दै जनता माओबादिको पक्षमा रहेको अध्यक्ष प्रचण्डको दावी थियो ।
जुम्लाको एैतिहासिक सिंजा क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धान मार्फत विश्व स्तरमा चिनाउने उद्धेश्यले खस भाषा, संस्कृति प्रतिष्ठान स्थापानाको पहल हुने समेत आस्वासन दिए ।
उनका अनुसार २ नम्बर प्रदेशको नतिजामा पनि कुनै तलमाथि छैन । हेर्दै जानुहोस लक्ष्य अनुसार नै हुने समेत दाबी गरे । कांग्रेस एमालेका नेताहरु पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउन खोजेको समेत आरोप लगाए । तर, माआबादि सङ्घर्ष गरेर सात प्रदेश बनाउन सफल भएको उनको भनाई छ ।
नेमकिपाबाट ७ सय ५० ले गरे पाटी प्रबेश
सोहि अबसरमा नेमकिपाबाट माओबादि केन्द्रमा झण्डै ७ सय ५० जनाले पाटी प्रबेश गरेका छन् । नेमकिपा शिक्षक संघका केन्द्रिय उपाध्यक्ष पुर्ण प्रसाद धिताल सहित सक्रिय नेता कार्यकर्ता गरी ७ सय ५० जनाले पाटी प्रबेश गरेको हुन ।
जुम्लाको २ नम्बर क्षेत्रबाट प्रदेश सभाको टिकट दिने घोषणा सहित अचाफुले शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष पुर्णप्रसाद धितालले माओवादी केन्द्रमा पार्टी प्रबेश गरो हुन ।
उनले प्रदेश सभाको टिकट पाउने भएपछि माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट पार्टी प्रशेव गरेको बताए । आमसभामा पशुपंक्षी राज्य मन्त्री गोमा कुँवरको पनि सहभागिता रहेको थियो ।