☰ open Loading... 17 May 2024|  

कम्युनिष्टहरु मिल्नु अत्यन्तै स्वागतयोग्य ः काँग्रेस नेता खतिवडा
  | १८ आश्विन २०७४, बुधबार ०९:३०

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले कम्युनिष्टहरु मिल्नुको अत्यन्तै स्वागतयोग्य कुरा भएको भन्दै प्रशंसा गरेका छन् । उनले भने,‘उहाँहरु मिल्नु त खुशीको कुरा हो, यसमाहामी स्वागत नै गर्छौं।’

उनले कांग्रेस पनि अब विचार मिल्ने शक्तिहरुसँग एकताबद्ध भएर अघि बढ्ने विश्वास दिलाए । उनले भने,‘हामीसँग मुद्दा मिल्ने शक्तिहरुसँग एकताबद्ध भएर अघि बढ्छौं।’

नेता खतिवडाले वामपन्थीहरुको एकताआफूहरुले यसअघिका ०५४, ०६४ र ०७० को चुनावमा देखेको भन्दै कांग्रेस यसबाट नआँत्तिने स्पष्ट पारे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आँत्तिएर माओवादीलाई ६० र ४० को भागबण्डाको प्रस्ताव गरेको समेत उनको आरोप थियो ।

उनले मुलुक अहिले कांग्रेसको सिद्धान्तको नेतृत्वमा रहेकोले कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको, कांग्रेसकै नेतृत्वमा २० वर्षपछि स्थानीयतहको निर्वाचन सम्पन्नभएको र अहिले संविधानकार्यान्वयनको चरण रहेकोले अबहुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि जनताले आफ्नो पार्टीलाई पहिलो शक्ति बनाउने विश्वास दिलाए ।

उनले भने,‘ढुक्क हुनुहोस्, फेरि पनिजनताले कांग्रेसलाई प्रिय पार्टी बनाउनुहुनेछ।’
त्यस्तै उनले चुनावअघि शेरबहादुर देउवा नेतृत्वको सरकार परिवर्तन नहुने समेत स्पष्ट पारे ।

खतिवडाले भने,‘ प्रधानमन्त्री र प्रचण्डजीवीच एक घण्टा छलफल भएको छ, यही सरकारले चुनाव गराउने सहमतिभएकोछ।’