☰ open Loading... 18 May 2024|  

चुनावी चटाराे शुरू : खड्का र थानीको उम्मेदवारी सर्वसम्मत
  | १८ आश्विन २०७४, बुधबार १०:२८

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतले आउँदो मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लामा उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ । पार्टी कार्यालय गिरिजाप्रसाद कोइराला स्मृति भवनमा मंगलबार बसेको जिल्ला कार्य समितिको बैठकले गाउँ हुँदै क्षेत्रीय समितिबाट आएका नामहरुको सुझावसहित टुंगो लगाएको हो ।

प्रतिनिधिसभाको निर्वाचनका लागि क्षेत्र नं. १ बाट पार्टी सहमहामन्त्री, पूर्व गृहमन्त्री एवं केन्द्रीय सदस्य पूर्णबहादुर खड्का र क्षेत्र नं. २ बाट अर्का केन्द्रीय सदस्य एवं पूर्व सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीको नाम सर्वसम्मत रुपले टुग्याएको बताइएको छ ।
प्रदेश सभातर्फ क्षेत्र नं. १ को निर्वाचन क्षेत्र (क) मा क्रमशः जिल्ला कार्य समिति सदस्य वीरेन्द्र रावत, केशर वली, पार्टी उपसभापति टेकबहादुर सिंह, पार्टी कोषाध्यक्ष अनन्त पौडेल, नरेशविक्रम ढकाल, अमृता शाही, उभिकला विक, सरस्वती सिंह र प्रकाश डीसी गरी ९ जनाकोे नाम सिफारिस गरिएको छ ।

सोहि क्षेत्रबाट समानुपातिकतर्फ क्षेत्रीय सभापति खड्गबहादुर पोखरेल, नारायण सापकोटा, नरबहादुर सुनार, वलिमाया बुढा, हिरामणि सुनार र ओवीसरा खत्री नगाललाई सिफारिस गरिएको छ ।

यस्तै, क्षेत्र नं. १ अन्तर्गतको निर्वाचन क्षेत्र (ख) मा प्रत्यक्षतर्फ क्रमशः क्षेत्रीय सभापति नारायण कोइराला, महासमित सदस्य झकबहादुर डाँगी, जिल्ला सदस्य गोविन्दबहादुर कोइराला, भेरीगंगा नगर सभापति वेदु गिरी, तरुण दलका पूर्व केन्द्रीय सदस्य डण्ड ढकाल र कमल आचार्यको नाम अघि सारिएको छ ।

यो क्षेत्रबाट समानुपातिकमा कर्णबहादुर राना, टोपबहादुर टंलामी, लक्ष्मीदत्त पौडेल, देवकुमार ठाडा मगर, थिरबाहदुर ढकाल, वलबहादुर वली, हरिप्रसाद शर्मा, कृष्णबहादुर वली र तेजकुमारी गुरुङको नाम प्रस्ताव गरिएको छ । यसैगरी, क्षेत्र नं. २ को निर्वाचन क्षेत्र (क) मा पार्टी सभापति कमलराज रेग्मी, पूर्व पार्टी सभापति डम्बरविक्रम जी.सी र पूर्व पार्टी सचिव धर्मराज गिरीको नाम प्रस्ताव गरिएको छ ।