☰ open Loading... 17 May 2024|  

अालितालमा डुबेर वेपत्ता, खाेजी कार्य जारी
  | २० आश्विन २०७४, शुक्रबार ०९:५०

डडेल्धुरा : आलिताल गाउँपालिका– ३ स्थित ‘आलिताल’ मा डुबेर एक जना बेपत्ता भएका छन्। तालमा पौडी खेल्न गएका आलिताल–३ रक्सौनका ४१ वर्षीय बलबहादुर मास्के रानामगर तालमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार दिउँसो तालमा डुबेपछि प्रहरी र स्थानीय बासिन्दाले खोजी तीव्र पारेका थिए। शुक्रबार बिहानसम्म पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जोगबुडा र आलिताल प्रहरी चौकीको टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। खोजीका लागि जोगबुडा र आलितालबाट टोली खटाएका उनले बताए।