☰ open Loading... 25 April 2024|  

अव फेसबुकबाटै इन्स्टाग्राम चलाउन पाइने
  | २० आश्विन २०७४, शुक्रबार १०:०५

एजेन्सी । फेसबुक स्वामित्वको फोटो सेयरिङ एप इन्स्टाग्रामले यसै साता आफ्नो मासिक प्रयोगकर्ता ८ सय मिलियन नाघेको तथ्यांक सार्वजनिक गरेको छ । र, यसै साता फेसबुकले आफ्नो मोबाइल एपमा इन्स्टाग्राम जोड्ने नयाँ फिचर सुरु गर्ने घोषणा गरेको छ ।

प्रयोगकर्ताले अब फेसबुक एपबाट सोझै इन्स्टाग्राम प्रयोग गर्न पाउने भएका छन् । फेसबुकले आफूले यो फिचर सुरु गर्ने सार्वजनिक गर्दै प्रयोगकर्तालाई यसले सजिलो बनाउने दाबी गरेको छ ।

फेसबुकको मोबाइल एपको मेन न्याभिगेसन मेनुमा अब प्रयोगकर्ताले इन्स्टाग्रामको लिंक पाउनेछन् जहाँ क्लिक गर्दा इन्स्टाग्राम एप खोलेझैं प्रयोगकर्ता इन्स्टाग्राममा पुग्नेछन् ।