☰ open Loading... 18 April 2024|  

तीन महिनादेखी फाेन सेवा अवरूद्ध
  | २० आश्विन २०७४, शुक्रबार १०:१०

डाेल्पा । सदरमुकामलगायतका क्षेत्रमा पटकपटक टेलिफोन र मोबाइल सेवा अवरुद्ध हुँदा स्थानीयलाई सास्ती भएको छ । सदरमुकाम दुनैलगायतका स्थानमा नेपाल टेलिकमका नमस्ते र स्काई मोबाइलको नेटवर्क तीन महिनादेखि बेलाबेला अवरुद्ध हुने गरेको छ ।

मोबाइल, टेलिफोन र इन्टरनेट अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको त्रिपुरासुन्दरी नगरपालिका ४ का छक्कबहादुर धरालाले बताए । उनका अनुसार एनसेललगायतका मोबाइल पनि बेलाबेला अवरुद्ध हुने गरेका छन् ।

नेपाल टेलिकमले कालिकोट, जुम्ला र दैलेखमा राखिएका टावरमा खराबी आएका कारण यस्तो भएको जनाएको छ ।