☰ open Loading... 25 November 2024|  

ट्वीटरकाे लाइट एप सञ्चालन
  | २० आश्विन २०७४, शुक्रबार १०:१२

एजेन्सी । माइक्रो ब्लगगिङ साइट ट्वीटरले कम डाटा खपत गर्ने र टुजी नेटवर्कमा पनि चल्ने लाइट भर्सनको मोबाइल एपको परीक्षण थालेको हो । उसले अहिले फिलिपिन्सका प्रयोगकर्तामाझ यस्तो परीक्षण गरिरहेको जनाएको छ ।

ट्वीटरको लाइट एप एक एमबीभन्दा सानो साइजको र ७० प्रतिशत कम डाटा खपत गर्ने कम्पनीले जनाएको छ । यसलाई डाटाबाट इन्स्टल गर्दा पनि तीन एमबीभन्दा कम डाटा खपत हुने कम्पनीको दाबी छ ।

स्लो स्पिड डाटा भएको स्थानका प्रयोगकर्तालाई लक्षित गरी चाँडै एप सार्वजनिक गर्ने कम्पनीको योजना छ । ट्वीटरले यही वर्ष अप्रिलको पहिलो साता मोबाइल वेबका लागि लाइट भर्सन सार्वजनिक गरेको थियो । यसअघि फेसबुकले पनि आफ्नो एप र म्यासेन्जरको लाइट भर्सन सार्वजनिक गरिसकेको छ ।