☰ open Loading... 18 May 2024|  

विजय गच्छदारको पार्टी कांग्रेसमा विलय हुँदै, पाउनेभए यति ठूलो पद !
  | २३ आश्विन २०७४, सोमबार १७:२९

काठमाडौं । विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा विलय हुने भएको छ । बालुवाटार स्रोतका अनुसार दुई पार्टीबीच आज अपरान्ह एकीकरण हुन लागेको हो । एकीकरणपश्चात गच्छदारलाई कांग्रेसको महामन्त्री बनाउने समझदारी भएको स्रोतको दाबी छ । र, कांग्रेसबाटै आगामी प्रतिनिधिसभा चुनाव लड्नेछन् ।

गच्छदारको राजनीतिक यात्राः

विजय गच्छदार २०६४ सालअघि नेपाली कांग्रेसमा नै थिए । उनले नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०५६ मा टिकट लिएर चुनाव जितेका थिए भने त्यसपछि उनले २०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव जितेका थिए ।

२०६६ साल साउन १६ उपेन्द्र यादवबाट छुट्टिएर उनले नेपाल लोकतान्त्रिक फोरम पार्टी गठन गरेका थिए । उनले नेलोफोबाट उठेर २०७० मा सुनसरी क्षेत्र नं ३ बाट चुनाव जितेका थिए ।