☰ open Loading... 18 May 2024|  

ठेकेदारको लापरवाहीले दुइ सय क्वीन्टल नुन फिर्ता
  | २४ आश्विन २०७४, मंगलवार ११:३५

सागर परियार,
जुम्ला । हुम्लाका लागि गत असार महिनामा आएको नुन तीन महिना वितिसक्दा पनि त्यहाँ ढुवानी नहुँदा झण्डै दुइ सय क्वीन्टल नुन फिर्ता हुने भएको छ । असार महिनामै हुम्ला पठाइसक्नु पर्ने ठेगेदारको लापरवाही र सम्बन्धीत निकायले ताकेता नगरेकै कारण नुन फिर्ता हुन लागेको हो ।

निश्चित समयम भित्र सम्बन्धीच क्षेत्रमा नपुराए सम्झौता रकम सहित चामल वा नुन फिर्ता लिने व्यवस्था छ । ठेगेदारले हुम्लामा ढुवानीको लागि समयै जहाजको व्यवस्थापन नगर्दा तीन महिना सम्म जुम्ला साल्टट्रेनिङको खुल्ला चौरमा नुन थन्किएको छ ।

नुन लिएर हुम्लाका लागि उडेकाे नेपाली सेनाकाे जहाज गएको असार महिनामा बाजुराको कोल्टीमा दुर्घटना भएपछि कर्णाली राजमार्गबाट सिधै हुम्लाको नुन जुम्लामा ल्याइएको थियो ।

जुम्लामाबाट हुम्लामा नुन निश्चित समय भित्र पठाईसम्नु पर्ने सम्झौता भएपनि ठेगेदार तेज बहादुर महतले चासो नदिँदा नुन हुम्ला ढुवानी हुन नसकेको हुम्ला साल्टट्रेनिङले जनाएको छ । गएको आर्थिक वर्षमा हुम्लाका लागि झण्डै ३८ सय क्वीन्टल नुनको कोटा स्वीकृत भएको थियो ।

२ हजार क्वीन्टल कोटा केन्द्रबाटै काटियो र बाकी १८ सय क्वीन्टल नुनमा ५ सय क्वीन्टल नुन मात्रै हुम्लामा आएको हुम्लाबाट साल्टट्रेनिङका डिपो प्रमुख राज बहादुर लामाले बताए । उनले हुम्लामा सडक संजाल नभएकै कारण जुम्ला हुँदै जहाज मार्फत हुम्ला ल्याउने भनिएता पनि असोज महिना सम्म नआउनु कारण केहि थाहा नभएको बताए ।

न ठेगेदारले खबर गरे न नुन नै आयो  जुम्लामा रहेको नुन फिर्ता हुने कुरा सुनेको हुम्लाबाट लामाले जानकारी दिए । तर यता ठेकेदार तेज बहादुर महत भने आफुले नुन ढुवानीको हर प्रयास गर्दापनि सफल नभएको बताउछन । ‘निश्चित समयमै हुम्ला नुन पठाउनु पर्ने थियो । पठाउन सकिएन, अब सबै नुन फिर्ता हुँदैछ’ उनले भने ।

निश्चित समयमै पुराउने सम्झौता भएपनि विभित कारण हुम्ला ढुवानीको लागि जहाजको व्यवस्थापन नगर्नु आफ्नो कमजोरी रहेको भन्दै त्यसबाट लाखौको घाटा व्यहोरोको बताए । चार महिना महिना सम्म खुला चौरमा नुन थन्कीदा समेत हुम्ला प्रशासन र जुम्ला प्रशासन मुकदर्शक भएर बस्नुको परिणामनै आएको नुन फिर्ता हुन पुगेको गुनासो छ ।

हुम्लामा जति नुन मौदाज्ता रहेपनि आएको नुनलाई सम्बन्धीत क्षेत्रमा पुराउन नसकि फेरी फिर्ता हुनु ठेकेदार देखि सरोकारवालाले बेवास्ता गरेको हुम्लीबासीको आरोप । अबको केहि दिन भित्र जुम्लामा रहेको झण्डै २ सय क्वीन्टल बढि हुने फिर्ता गरिने भएको छ ।