☰ open Loading... 3 May 2024|  

यी हुन राप्रपा सुर्खेतले सिफारिस गरेका उम्मेदवार
  | २५ आश्विन २०७४, बुधबार १७:१३

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति सुर्खेतको बैठकले आगामी प्रदेश सभा तथा प्रतिनिधि सभाको लागि उम्मेदवार सिफारिस गरेको छ । सुर्खेतको क्षेत्र नं. १ प्रतिनिधि सभाको लागि प्रत्यक्ष तर्फ गुर्वाकोट नगर समितिका अध्यक्ष लक्ष्मीप्रसाद शर्मा र कर्ण बहादुर शाहीलाई सिफारिस गरेको छ भने समानुपातिक तर्फ केन्द्रिय सदस्य ओम बहादुर जि.सी. र छत्रपति थापालाई सिफारिस गरेको हाे ।

यस्तै प्रदेश सभा अन्तर्गत क्षेत्र नं. १ को (क) का लागि प्रत्यक्ष तर्फ जिल्ला समिति सदस्य देवीराम चन्दारा र वीर बहादुर खड्कालाई सिफारिस गरेको छ भने समानुपातिक तर्फ जिल्ला समिति सदस्य कलावती रेग्मी र खीम बहादुर रोकायलाई सिफारिस गरेको छ ।

क्षेत्र नं. १ को (ख) का लागि प्रत्यक्ष तर्फ क्षेत्र नं. १ का अध्यक्ष मान बहादुर खरेल, लोकेन्द्र बहादुर शाही र जीत बहादुर खड्कालाई सिफारिस गरेको छ भने समानुपातिक तर्फ भेरीगंगा नगर उपाध्यक्ष गोपाल हमाल, बिमला थापा, चन्द्रकला बादी र प्रेम बहादुर शाहीलाई सिफारिस गरेको छ ।

निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ ६ नं. प्रदेश सदस्य सूर्य खत्री भद्र बहादुर शाही र श्याम पुरीलाई सिफारिस गरेको छ भने समानुपातिक तर्फ जिल्ला समिति सदस्य भरत प्रसाद ढकाल, कर्ण कुमारी श्रेष्ठ, सन्तोषि शाही, टीका योगी, सीतादेवी खाण, राम बहादुर रोकाय, पार्वती गौतम, शम्भु पन्त, पार्वती चन्द पाललाई सिफारिस गरेको छ ।

क्षेत्र नं. २ को (क) का लागि प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य तुलाराम गिरी, अशोक थापा र अञ्जु बस्याललाई सिफारिस गरेको छ । त्यसै गरी समानुपातिक तर्फ ६ नं. प्रदेशका संयोजक एवम् केन्द्रिय सदस्य मुकुन्दश्याम गिरी, मान बहादुर खड्का, जनक सिंह ठकुरी, इश्वर श्रेष्ठ, झरसिं सुनार, भूपेन्द्रनाथ योगी, कमलदेव जि.सी.लाई सिफारिस गरेको छ ।

क्षेत्र नं. २ को (ख) का लागि प्रत्यक्ष तर्फ क्षेत्र नं. २ का क्षेत्रीय उपाध्यक्ष लक्ष्मी बहादुर बयक क्षेत्री र समानुपातिक तर्फ जिल्ला समितिका उपाध्यक्ष गंगाराम देउवालाई सिफारिस गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति सुर्खेतले जनाएको छ ।

लोकतान्त्रिक गठबन्धनसँगको छलफल पश्चात केही दिन भित्रे केन्द्रिय कमिटीले उम्मेदवारहरुको टुङ्गो लगाउने राप्रपा सुर्खेतका सचिव जनकसिंह ठकुरीले जानकारी दिए ।