☰ open Loading... 27 November 2024|  

रिपोर्टर्स क्लव गुराँसको अध्यक्षमा केसी
  | २५ आश्विन २०७४, बुधबार १७:५९

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा पनि रिपोर्टर्स क्लवको उपशाखा गठन गरिएको छ ।  रिपोर्टर्स क्लव दैलेखले गुराँस गाउँपालिका वराहामा बसेको तदर्थ समितिको बैठकले क्लव गठन गरेको हो ।

रिपोर्टर्स क्लव उपशाखाको अध्यक्षमा टेकराज केसी सर्वसम्मत चयन गरिएकाे छ । उपाध्यक्षमा धनमायाँ विसी, सचिवमा जानकी पुन, सह–सचिवमा हरीबहादुर सलामी, कोषाध्यक्षमा दान बहादुर थापा छन् । सदस्यहरुमा चेतन खड्का, टोपेन्द्र विक, तिलक प्रसाद रिजाल चयन भएका छन् ।

उद्घाटन समारोहमा शुभकामना दिदै गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले पत्रकारहरुले नेतृत्व तहमा पुगेकाहरुलाई सहि बाटोमा हिडाउन सधै लाग्नुपर्ने बताए ।

उनले पत्रकारिता पेशालाई मर्यादित बनाउदै लैजानुपर्नेमा जोड दिदै यस क्षेत्रको विकासको लागि आम नागरिकहरुलाई सुचनाको पहुँचमा लिनुपर्ने बताए ।

गाउँपालिकाका उपाध्यक्ष दीपा कुमारी विसीले गुराँस गाउँपालिकालाई समृद्ध बनाउन हरेक कुना कन्धराका सुचना ल्याउन पत्रकारहरु लाग्नुपर्नेमा जोड दिइन ।

गाउँपालिकाका कार्यकारी अधिकृत सुनिता कुमारी खत्रीले रिपोर्टर्स क्लव स्थानिय तहसम्म गठन हुनु राम्रो पक्ष भएको भन्दै हरेक नागरिक सुचनाको पहुँचमा पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लव शाखा दैलेखका कार्यबाहक अध्यक्ष अविशेक अनुरागले पत्रकार राज्यको चौथो अंग भएकाले सधै सत्य र सहि सुचना दिन आग्रह गरे । उनले गुराँस गाउँपालिका समृद्ध बनाउन पत्रकारिता क्षेत्रलाई महत्व दिइने बताए ।

पत्रकार महासंघ दैलेखका प्रतिनिधि तिर्थ भण्डारीले पनि पत्रकारिता क्षेत्रले आमुल परिवर्तन गर्ने भन्दै यसमा स्थानिय तहहरुले हातेमालो गर्नुपर्ने बताए । उद्घाटन समारोहमा विभिन्न राजनितिक दलका प्रतिनिधि, गाउँपालिकाका पदाधिकारी, तथा पत्रकारिता क्षेत्रमा आस्था राख्ने व्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।