| २६ आश्विन २०७४, बिहीबार ०७:५६
दैलेख । विमा रकम भुक्तानी नेशनल लाइफ इन्स्योरेन्स दैलेख शाखाले मृत्यु विमा रकम दावी रकम एक कार्यक्रमका विच चेक हस्तान्तरण गरेको छ ।
भैरवी गाउपालीका–१ निवासी विमित मृतक नगेन्द्र बहादुर विष्ट मृत्यु २०७४ साउन १९ गते उनको हकदारले पाउनु पर्ने मृत्क दावी रकम वडा अध्यक्ष काशीराम कार्कीको रोहवरमा चेक हस्तान्तरण गरको होे ।
विष्टले चार वर्ष पहिले नेशनल लाइफ इन्स्योरेन्स कम्पनिमा जीवन बिमा गराएका थिए । मृतक विष्टको निधन भएपछि उनिकी श्रीमति इन्द्रकला विष्ट लाई दैलेख शाखका प्रमुख प्रेम बहादुर गुरुगले रकम हस्तान्तरण गरेका हुन । विष्टलाई २ लाख १४ हजार ५४ रुपैयाको चेक हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष , स्थानिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी , समाजसेवी र स्थानिय बासीको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै शाखा प्रमुख गुरुगले विमा कम्पनिका बारेका जानकारी गराएका थिए ।
कार्यक्रमका अध्यक्ष काशिराम कार्कीले विमा गरनुपर्ने विमा गर्दा फाईदा हुनुका साथै आर्थिक समस्या परेको समयमा पनि काम लाग्ने भएको हुदा सवै ले विमा गरिनु पर्ने बताएका थिए ।