☰ open Loading... 27 November 2024|  

जुम्लामा थपिए चार हजार नयाँ मतदाता
  | २६ आश्विन २०७४, बिहीबार १७:५०

सागर परियार
जुम्ला । जुम्लामा पछिल्लो पटक संकलन गरिएको मतदाता नामावलीमा झण्डै चार हजार बढि नयाँ मतदाता थपिएका छन ।  बैशाख ३१ को निर्वाचन पछि गरिएको मतदाता नामावली संकलनबाट जुम्लाका ४ हजार ३ सय ६४ जना नयाँ मतदाता थपिएका हुन । साउन ३१ गते देखि १५ सम्म जिल्लामा र साउन १६ गते देखि भदौ ३ सम्म गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन गरिएको थियो ।

पहिलो चरणको चुनाव अन्तरर्गत २०७४ वैशाख ३१ गते सम्पन्न चुनावमा जुम्लाका ५४ हजार ६ सय ९४ मतदाता सहभागि भएका थिए । आगामी मंसिर १० र २१ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पहिलो र दोस्रो चरणको गरी जम्मा ५९ हजार ५८ जना मतदाताले जुम्लाबाट मतदान गर्ने भएका छन् ।

पहिलाको ५४ हजार ६ सय ९४ र पछिको ४ हजार ३ सय ६४ नयाँ मतदाता गरी जम्मा ५९ हजार ५८ पुगेको जिल्ला जिल्ला निर्वाचन अधिकारी खुम प्रसाद सुवेदीले जानकारी दिए । उनले आगामी प्रदेश र संघको निर्वाचनमा जुम्लाको क्षेत्र १ बाट ३१ हजार ७ सय १४ र क्षेत्र २ सिंजा भेगबाट २७ हजार ३ सय ४४ जनाले मतदान गर्ने बताए ।

स्थानीय तहको निर्वाचन पछि निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनीधी सभा प्रयोजनका लागि साउन महिना भरि गरेको फोटो सहितको नयाँ मतदाता नामावली संकलन तथा पुरानो मतदाता नामावली अद्यावधिकका क्रममा चार बढि मतदाता थपिएका हुन

। कार्यालयका अनुसार जुम्लाका ७ वटा स्थानिय तह मध्य सवै भन्दा बढि पातारासी गाउँपालिकामा ६ सय १६  नयाँ मतदाता थपिएका छन । सवै भन्दा कम तातोपानी गाउँलिकामा २ सय ४७ जना मात्र मात्र नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पातारासी गाउँपालिकाको पहिलेको मतदाता संख्या ६ हजार ९ सय ७२ थियो भने पछिल्लो नयाँ मतदाता गरी त्यहाँ को जम्मा ७ हजार ५ सय ८८ मतदाता संख्या पुगेको बताइएको छ ।

भने सबै भन्दा कम मतदाता संख्या थपिएको तातोपनाी गाउँपालिकाको थपिएका हुन ।  प्रादेशिक र प्रतिनिधि सभाका लागि जिल्लामा र स्थानिय तहमा गरिएको मतदाता नामावली संकलनमा जिल्ला निर्वाचन बाट १७ सय ९६ जना र गाउँपालिकाबाट २८ सय ५५ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी  अभिनन्द चौलगाईले बताए ।

उनका अनुसार संघ र प्रदेश सभाको निर्वाचनका जुम्लामा गरिएको मतदाता नामावली संकलनमा उत्साहजनक सहभागिता रहेका थियो । मंसिर १० र २१ मा हुने निर्वाचनलाई शान्त तथा मर्यादित रुपमा सम्पन्न गराउन सबै निकायले हातेमालो गर्न समेत निर्वाचन कार्यालयले अपिल गरेको छ ।