☰ open Loading... 3 May 2024|  

प्रदेश नम्बर ७ को दोस्रो प्रवेशद्धवारमा प्रहरी विट स्थापना
  | २६ आश्विन २०७४, बिहीबार १८:२३

रमेश रावत
अछाम । प्रदेश नम्बर ७ को दोस्रो ठुलो प्रवेशद्धवारको रुपमा रहेको अछाम र दैलेख जोड्ने कर्णालि पुल नजिक प्रहरी पोष्ट स्थापना भएको छ । अछामक्षेत्रको पञ्चदेवल विनायक नगरपालीका ४ बेलखेतमा आज एक कार्यक्रमका विच प्रहरी पोष्ट स्थापना गरीएको हो ।

प्रहरी पोष्ट स्थापनाको अवसरमा अछामका प्रहरी प्रमुख डिएस पि ददिराम न्यौपानेले प्रदेश नम्बर ७ का केहि पहाडि जिल्लाका लागी भित्रिने सवारी साधनमा अबैधानीक सामागी्रहरु भित्रिने गरेको सुचना पाएको र आगामी दिनमा अझै यस्ता क्रियाकलाप बढ्नसक्ने भएकाले चेकजांच गर्न, कुनैपनी अपराधिक गतिविधिमा संलग्न व्यक्ति भित्रिन नपाओस भनेर उक्त प्रहरी विट स्थापना गरीएको बताए ।

राज्यको विद्रोहि पक्षलाई लक्षित गर्दै डिएसपि न्यौपानेले चुनाबी सुरक्षाका लागी पनि तत्काल प्रहरी विट स्थापना गरीएको बताउदै आगामी दिनमा प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा ईलाका प्रसासन कार्यालय विनायकका प्रमुख तुलसी प्रसाद ढंगाना, ईलाका प्रहरी प्रमुख सई प्रेमसिंह ऐर , नगरपालीका ४ का वडाअध्यक्ष सर्जन शाही, वडा सदस्य दिपक विष्ट लगायत स्थानिय राजनैतिक दलका प्रतिनिधि, व्यापारी, समाजसेविहरुको सहभागीता रहेको थियो ।

उक्त विटमा सहायक प्रहरी निरिक्षक असई संकर भण्डारीको नेतृत्वमा ७ जना प्रहरी राखिएको छ । अछाम प्रहरी प्रमुख डिएसपि न्यौपानले पुर्वि अछामका केहि प्रहरी कार्यालयको अनुगमन समेत गरेका थिए ।