☰ open Loading... 3 May 2024|  

धिताेपत्र बारे अभिमुखीकरण
  | २८ आश्विन २०७४, शनिबार १७:०४

सुर्खेत । वीरेन्द्रनगरमा पहिलो पटक धितोपत्र (शेयर) लगानीका विषयमा एक दिने अभिमुखिकरण गरिएको छ । प्रोफेसनल स्किल डेभलप्मेन्ट प्राइभेट लिमिटेड (पिएसडि) वीरेन्द्रनगर सुर्खेतको आयोजनामा धितोपत्र लगानीका विषयमा अभिमुखिकरण गरिएको हो ।

अभिखुकिरणमा ठूला ठूला आयोजना, वैँक तथा वित्तीय संस्थाले वितरण गर्ने धितोपत्र, धितोपत्रमा गरिएको लगानी, त्यसबाट आउने मुनाफालगायत आधारभूत विषयमा जानकारी गराइएको छ ।

तालिममा व्यवसायी, विभीन्न संघसंस्था तथा कार्यालयमा कार्यरत गरी १५ जना प्रतिनिधि सहभागि भएका अभिमुखिकरणका प्रशिक्षक युवराज पौडेलले जानकारी दिए ।

आफूहरुले सामाजिक आवश्यकताअनुसार विभीन्न शीर्षकमा आधारभूत तथा गहन किसिमका तालिम तथा अभिमुखिकरण गरिरहेको पिएसडिका प्रवन्ध निर्देशक प्रेमकुमार विसीले बताए । उनकाअनुसार पिएसडिले सहकारी सञ्चालन, उद्घोषणकला तथा अन्य प्राविधिक ज्ञानहरु पनि दिने गरेको छ ।