☰ open Loading... 5 May 2024|  

जुम्ला टु काठमाडौ‌ रात्री बस सेवा शुरु
  | २८ आश्विन २०७४, शनिबार १७:१७

सागर परियार,
जुम्ला । जुम्लाको सिंन्जाबाट कर्णाली यातायात ब्यवसायी संघ जुम्लाले काठमाडौ जाने यात्रुहरुलाई सहजताको लागि रात्रि बस सेवा सुरु गरेको छ । हरेक आइतबार, बुधबार र शुक्रबार गरी एक हप्तामा ३ वटा रात्रि सेवाका बसहरु चल्न शुरु भएका हुन् । छोटोदुरीका बस सेवाबाट लामो दुरीका यात्रुहरुले सास्ती बोक्नु परेपछि रात्रि बस सेवा सुरु गरीएको कर्णाली यातायात ब्यावसायी संघ जुम्लाका इन्चाार्ज इन्द्र थापाले जानकारी दिए ।

कर्णाली यातायात ब्यावसायी संघले सिंजा गोठीज्यूलाबाट २ बर्ष पहिला देखीनै दिवा सेवाका बसहरु सन्चालनमा ल्याएर लामो तथा छोटो दुरीको बस सेवा सुरु गरेको थियो । यसअघि जुम्लाबाट कालीकोट, दैैलेख, सुर्खेत, नेपालगंज, काठ्माडौसम्म दिवा सेवा दिदै आईरहेको यातायात ब्यवसायी संघ सुदुरपश्चिमका जिल्लाहरुमा समेत केही समय भित्रमा बस सेवा संचालन गर्ने योजनामा रहेको छ ।

रात्रि सेवा शुरु भएपछि जुम्ला सिंन्जा कनकासुन्दरी गाँउपालिका, सिंन्जा गाँउपालिका, हिमा गाँउपालिका र मुगु जिल्लाबाट आउने स्थानियलाई सहज हुने भन्दै यात्रुहरु खुसी भएका छन । अहिले प्रति यात्रुहरुको सिंन्जाबाट काठामाडौसम्मको भाडादर तिन हजार रुपैया तोकिएको छ । कर्णाली राजमार्गको स्तरउन्नोतिसँगै रात्रि बस सेवा पनि शुरु भएको हो ।