बुद्धिमान पुन
सल्यान । सल्यानको पहिलो नगरपालिका शारदा नगरपालिकाले ४ वटा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । स्वास्थ्यको पहुँच भन्दा टाढा रहेका नागरिकलाई स्थानिय स्तरमा नै सेवा प्रदान गर्ने उद्देश्यले शारदा नगरपालिका भित्रका ४ वटा स्थानमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको हो ।
नगरपालिकाको वडा नम्बर ८ मा रहेको दोभान र वडा नम्बर १२ को लेखडाँग्रीमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको नगर प्रमुख सुरेश अधिकारीले जानकारी दिए । उनले वडा नम्बर ६ को सापमारा र ११ को खैराबाङ पेदीमा तिहार पछाडी सञ्चालनमा आउने बताए ।
‘रुघाखोकी, ज्वरो लगाएतका सामान्य समस्या हुदाँ पनि अस्पताल जानु पर्ने समस्या छ, यसले नागरिकलाई समस्या छ, त्यसैले शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएका हौँ ’–उनले भने ।
नगरपालिकाको नगर सभा बाट पारित कार्यक्रम अनुसार शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएईको बताउदैँ उनले नागरिकमा सामान्य समस्या हुदाँ पनि क्लिनिकमा गएर स्वास्थ्य जाँच गर्न र औषधि लिन सकिने बताए ।