☰ open Loading... 2 May 2024|  

पिछडिएको क्षेत्र माग
  | ३० आश्विन २०७४, सोमबार ०७:१८

डोल्पा । आश्विन ३०, २०७४-यहाँका ४ स्थानीय तहलाई ‘पिछडिएको क्षेत्र’ बाट हटाएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । हालसम्म सडक सञ्जालले नछोएका जिल्लाका सबै तहलाई समावेश गर्नुपर्ने उनीहरूको माग छ ।

सरकारले ८ तह रहेको डोल्पाका २ नगरपालिका र २ गाउँपालिकालाई पिछडिएको क्षेत्रबाट हटाएको छ । ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिका तथा काइके र जगदुल्ला गाउँपालिकालाई सूचीबाट हटाएको हो ।

मुडेचुला, शे–फोक्सुन्डो, डोल्पोबुद्ध र छार्का ताङ्सोङ गाउँपालिकालाई मात्र पिछडिएको क्षेत्रमा सूचीकृत गरेको छ । सडक लगायतका आधारभूत सुविधै नभएका स्थानीय तहलाई पिछडिएको क्षेत्रबाट हटाउनु आपत्तिजनक भएको जिल्ला समन्वय समिति संयोजक शेरबहादुर बुढाले बताए । छुटेका चार तहलाई पनि समावेश गर्न माग गरे ।