☰ open Loading... 3 May 2024|  

किन लाग्याे स्वास्थ्य प्रतिष्ठानमा जुम्लामा ताल्चा ?
  | ३१ आश्विन २०७४, मंगलवार १६:०९

सागर परियार
जुम्ला । कर्णाली स्वास्थ्त विज्ञान प्रतिष्ठानमा कार्यरत तह ३ का कर्मचारीहरुले आफ्नो योग्यता तथा तह अनुसार पारिश्रमिक पाउनु पर्ने माग गरिरहेका थिए । पटक पटक गरिएको माग सम्बोधनका लागि प्रतिष्ठान प्रशासनले कुनै पहल नगर्दा सोमबार प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन । आफ्नो दक्षता र योग्यताको अपमान गर्दै स्वास्थ्यकर्मिहरुको सेवा सुविधाप्रति प्रतिष्ठानले गरेको असैया व्यवहार प्रति आपत्ति जनाउदै अन्तिम विकल्पका रुपमा तालाबन्दी गर्न बाध्य भएको स्वास्थ्यकर्मिहरुहरुको भनाई छ ।

उनिहरु भन्छन, माग अहिलेको होईन हुन्छ भन्दा भन्दै वर्षौ बित्यो । तर अहिले सम्म पनि कुनै अत्तोपत्तो नहुँदा प्रतिष्ठानको प्रशासन शाखामा तालाबन्दी गरिएको तह ३ का कमचारीहर द्धारा संयूक्त रुपमा जारी प्रेश विज्ञेप्तीमा उल्लेख गरिएको छ । प्रतिष्ठान तालाबन्दी हुँदा आकस्मिक सेवा बाहेक अन्य सबै सेवा ठप्प भएका छन् ।

तालाबन्दीपछि जारी प्रेस विज्ञप्तीमा कथित तह ३ कर्मचारी मिनालको विषय सिनेटको बैठकले वास्था नगरेकोप्रति आक्रोस ब्यक्त गरीएको छ । प्रेस विज्ञप्तीमा लेखिएको छ, हामिपिछडिएको क्षेत्रमा संवेदनशिल स्वास्थ्य सेवामा अनवरत रुपमा कार्यरत अहेब, अनमि, ल्याप असिष्टेन लगाएतका कथित तह ३ का कर्मचारीहरुले यस संस्थाको अधिकांश कार्यभार बहन गरेका छौ ।

तर सेवामा अवरात्र खट्दै आएपनि राज्यले तोकेको सेवा सुविधाबाट प्रतिष्ठानले आफुहरुलाई बञ्चीत गरेकोले पटक पटक विरोधका कार्यक्राम सहित प्रतिष्ठान तालाबन्दी गर्न बाध्य भएको कथित तह ३ कर्मचारीहरुको भनाइ छ ।

सिनेटको बैठकले आफ्ना एजेण्डा प्राथमिकतामा नपरेको भन्दै आकस्मिक सेवा बाहेक अन्य सेवा ठप्प हुने गरी तालावन्दी गरिएको मेडिकल रेकर्डर धन बहादुर शाहिले बताउनुभयो । प्रतिष्ठान प्रशासनलाई आफ्ना मागका सन्दर्भमा २४ घन्टाको अल्टिमेटम दिदा पनि प्रशासन मागका विषयमा उदासिन देखिएको कथित तह ३ का ३८ जना बढि कर्मचारीहरुको भनाइ छ । सिनेट बैठकले प्रतिष्ठानको नियामवली २०६९ विपरित कार्य गरीरहेको विज्ञप्तीमा उल्लेख छ ।

उक्त विज्ञप्तीमा नेपाल सरकारद्धारा स्वास्थ्य सेवामा तहगत मिलान गर्नका लागि कर्मचारी समायोजन विधेयक पारित भईसकेको अवस्थामा तह ३ का कर्मचारी स्वतः तह ४ हुने भएपनिकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सो विधेयकलाइ ओझेलमा राख्दै कर्मचारीको हित विपरीत कार्य गरेको उल्लेख छ । सोहि विज्ञप्ती मार्फत आकस्मिक सेवा बाहेक अन्य सेवा ठप्प हुदाँसेवाग्राहिप्रति पर्नजाने असुविधाप्रति क्षमता आचना गरीएको छ ।