☰ open Loading... 17 May 2024|  

खुलमखुल्ला लाखौंको जुवा
  | २ कार्तिक २०७४, बिहीबार १६:२१

दैलेखमा विभिन्न गाँउपालिका तथा नगरपालिकामा खुलमखुल्ला लाखौंको जुवातास खेलिने गरेका पाईएको छ । तिहारको मौकामा सुर्खेतदेखी नै जिल्लाका विभिन्न भागमा तास खेल्नका लागि पुगेको पाईएको हो ।

गुराँसेबाट तालपोखरी हुँदै माथिल्लो डुगेश्वर र जिल्लाका अन्य ठाँउमा समेत ठुलो संख्यामा दर्जन गाडी नै लगेर जुवाडेहरु पुग्ने गरेको श्रोतले जनाएको छ । पश्चिमनेपालकर्मी ति स्थानहरुमा पुग्दा गाडीमा कोचाकोच जुवा खेल्न पुगेको पाईएको हो । उनीहरुले सेटिग मिलाएर लाखौंको काट खेल्ने समेत गरेका छन् ।

जुवा ऐन अन्र्तगत कुनै पनि जुवा खेल्न बन्देज छ । तर, सदरमुकाममै खुलेआम जुवा खेलाउने खेल्ने ब्यवसाय दिनानुदिन चलिरहेको एक स्थानीयले बताए । उनले प्रहरीले देखावटी रुपमा हप्तादिन अघि छापा मारेरको बताए ।

जिल्लामा थुप्रै ठाँउमा लाखौंको जुवा खेल्ने गरिन्छ तर, प्रहरीले थाहा पाए नी नथापाएझै छन् । जिल्लामा कहाँ जुवा खेलाईन्छ घुमुवा प्रहरीलाई त्यसको रिपोर्ट छ तर, छापा मारिन्न । श्रोतले भन्यो ।

जिल्ला प्रहरी कार्यालय दैलेखले आफुलाई जानकारी आएसम्मका ठाँउहरुमा निगरानी गरे छापा मान्ने जनाएको छ ।