☰ open Loading... 19 April 2024|  

गरिवी निवारण कोषले कर्मचारीको तलव ठग्यो 
  | २ कार्तिक २०७४, बिहीबार १९:४१

सुडेक नेपाल दैलेखको आर्थिक सहयोग तथा गरिवी निवारण कोषको आर्थिक सहयोगमा संचालित एकिकृत सामुदायिक विकास परियोजना अन्तर्रगत बिगत दश वर्ष देखि कार्य गर्दै आएका पूर्व कर्मचारीहरुले कार्यक्रम सकिएको १८ महिना भैसक्दा पनि तलव तथा भत्ता नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय दैेलेखमा मुद्धा दर्ता गराएका छन् ।

आव ०६३÷६४ बाट सुरु भए यता निरन्तर काम गरिरहेको कर्मचारीहरुलाई निकै अपमान जनक तरिकाले आत्मसम्मानमा ठेस पुग्ने गरि बहिस्करण गरेका आरोप समेत लगाएका छन् ।

कार्यक्रम संयोजक लक्ष्मीप्रसाद ज्ञवालीले भने “प्रत्येक आ.वमा नियमीत कार्यक्रमले निरन्तरता हुने गरेको र गएको बर्ष आ.व सकिए संगै श्रावण महिना सम्म सम्पूर्ण कर्मचारीले काम गराईयो ।

तर साझेदारहरु बिचको आन्तरिक प्रतिसपर्धाका नाममा निकै अपमान जनक तरिकाले प्रस्तावनानै नहेरी, प्रत्येक आन्तरिक मूल्याङकन प्रथम÷दोस्रो स्थान स्थान हासील गर्ने गरेको र कार्यक्रम संचालित संस्थानहरुमा हाल सम्म कुनै पनि बिवाद, मुद्धा रहित काम गर्दा समेत कामको उच्च मूल्याङकनको साटो अवमूल्यान गरेका छ । ”उनले भने ।

कुरा गर्दै ज्ञवालीले “कार्यक्रमको ईन्स्टलमेन्टसँग सम्वन्धीत सम्पूर्ण प्रतिवेदन, निवेदन तथा आवश्यक कागजपत्रहरु २०७३ आषाढ मसान्तसम्म गरिवी निवारण कोषको कार्यालयमा बुझाई सकिएको छ । र अन्य कार्यक्रमले निरन्तरता पाएका साझेदार सँस्थाहरुलाई परियोजना संग सम्वन्धीत सम्पूर्ण कागजपत्रहरु बुझाई सकिएको छ ।

उनले भने, यति सवैका वावजुत २०७३ बैशाख महिनाबाट हालसम्म गरेर निवेदन लेख्दा सम्म १८ महिना पुगी सक्दा आउनुपर्ने रकममा संस्था एवं कर्मचारीहरुलाई अपमान हुने गरि हुनुपर्ने रकमको दुई तिहाई रकम रु २ लाख २० हजार १ सय ९ रुपैया मात्र आएको छ ।

पैसा पठाएको बारे कुरा बुभ्mन खोज्दा चित्त बुभ्mदो जवाफ नदिने,उस्ले उस्लाई अनबिज्ञता देखाउदै टार्ने काम समेत गरेर व्यवास्ता गरेका बताए ।

पठाएको पैसा कुन हिसावको हो ? के शिर्षकको हो ? भन्ने कुरा समेत नखुलाईएको र आएको रकमले तलब समेत नपुग्ने भन्दै अपुग पैसा के गर्ने भन्ने कुरा बिचाराधिन रहेको भनिएको छ ।

जस्ले अन्तराष्टिूय श्रम संगठन पारिश्रमीक पाउने नियमको समेत उलंघन गरेको छ ।

यसका साथै जेष्ठ,आषाढ र श्रावण महिना समेतको परिश्रमीक समत उपलव्ध गराई न्यायको प्रत्याभूत गराईदिनुहुनका लागि मंगलबार दैलेख जिल्ला प्रशासन कार्यालय दैलेखमा प्रजिअलाई न्यायको प्रत्याभूत गराईदिनुहुन भनि निवेदन बुझाउने संयोजक लक्ष्मी प्रसाद ज्ञवालीले बताए ।