सुर्खेत : फुटपाथ खाली गर्ने क्रममा ट्राफिक प्रहरी प्रमुख कविराम सेञ्चुरीले ज्यादती गरेको भन्दै वीरेन्द्रनगरका ठेला व्यवसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरुले मंगलवार विहान प्रदेश ६ प्रहरी कार्यालयका एआईजी र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुखसंग भेट गरेर ट्राफिक प्रमुखलाई कारवाहीकाे माग राख्दै आन्दोलित भएका हुन् ।
नगरपालिकाले निश्चित स्थान तोकेमा आफूहरु त्यही ठाउँमा राखेर व्यवसाय गर्न तयार रहेको बताएका ठेला व्यवसायी अनिस मन्सुरीले ट्राफिक प्रमुखले आफूहरुमाथि अपशव्द प्रयोग गर्दै हातपात गरेपछि आन्दोलित हुनु परेको जानकारी दिए ।
याे पनि पढ्नुस् । वीरेन्द्रनगरका ठेला व्यवसायीकाे अाराेप ‘नगरपालिका र ट्राफिक प्रहरीबाट ज्यादती भयो’
व्यवसायीहरुले तत्काल ट्राफिक प्रमुखलाई कारवाही नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । ‘नगरपालिकाले निश्चित ठाउँ तोक्दैन, बजारको बाटो हुँदै ठेला लैजाँदै गर्दा ट्राफिकले दुख दिन्छ’ मन्सुरीले भने,–‘हाम्रो माग बजारमै व्यवसाय गर्न पाउनु पर्छ भन्ने हैन, निश्चित ठाउँ तोके त्यही ठाउँमा हामी व्यवसाय गर्न सहमत छौं तर हामीमाथि ज्यादती गर्ने ट्राफिक प्रमुख सेन्चुरीलाई कडा कारवाही हुनुपर्छ ।’